असोजमा भित्रियो ४ सय किलो सुन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 29, 2023 | 03:37:17 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्ष २०८०/८१ को असोज महिनामा सुनको आयात ह्वात्तै बढेको छ । भन्सार विभागको तथ्यांक अनुसार असोज महिनामा ४ सय केजी ५ सय ग्राम सुन आयात भएको हो । 

चालु आवको सुरुवातमा सुनको आयात सुस्त रहेको थियो । आवको पहिलो दुई महिना (साउत र भदौ) जम्मा ५ सय केजी मात्र सुन आयात भएको थियो । तर, असोजको एक महिनामै ४ सय केजी ५०० ग्राम सुन आयात भएको हो ।

नेपालमा विशेषगरी तीजको समय र विवाह हुने महिनाहरुलाई सुनको सिजनको रुपमा लिइन्छ । यस वर्ष असोजमा तीज परेकाले पनि असोजमा आयात बढेको हो ।

समग्रहमा चालु आवको पहिलो तीन महिनामा ९ सय केजी ५०० ग्राम सुन आयात भएको छ । उक्त परिणाम सुन आयातबाट सात अर्ब ३५ करोड २० लाख ९३ हजार रुपैयाँ बहिरिएको छ । यसैगरी उक्त सुन आयात गर्दा एक अर्ब १० करोड २८ लाख २४ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved