३ महिनामा ४ करोड बढीको मरिच आयात

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 29, 2023 | 04:05:59 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्ष २०८०/०८१ को तीन महिना (साउन, भदौ र असोज) महिनामा चार करोड रुपैयाँ बढीको मरिच आयात भएको छ । यो तीन महिनामा चार करोड ३२ लाख ३६ हजार रुपैयाँको ८१ हजार ६०५ केजी मरिच आयात भएको हो ।

उक्त मरिज आयातबाट दुई करोड ४१ लाख ९० हजार रुपैयाँ राजस्व थपिएको छ । 

यो तीन महिनामा नेपालमा तीन देशबाट मरिच आयात भएको छ । भियतनाम, भारत र चीनबाट मरिच आयात भएको हो । यी तीन देशमध्येपनि नेपालमा खासगरी भियतनामबाट मरिच आयात भएको छ । चीन र भारतबाट नगन्य परिणाममा आयात भएको हो । 

८१ ह्जार ६०५ केजीमध्ये ८१ हजार केजी भियतनामबाट, ६०४ केजी भारत र एक केजी चीनबाट आयात भएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved