३ महिनामा ५८ अर्बको पेट्रोलियम पदार्थ आयात

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 29, 2023 | 05:04:58 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो तीन महिना (साउन, भदौ र असोज) मा आधा खर्ब बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यी तीन महिनामा ५८ अर्ब ६५ करोड ६० लाख रुपैयाँ बढीको पेट्रोल, डिजेल र खाना पकाउने ग्यास आयात भएको हो । 

जसमध्ये, २९ अर्ब ९२ करोड एक लाख रुपैयाँको २ लाख ६९ हजार ८७६ लिटर पेट्रोल आयात भएको छ । यसैगरी, १७ अर्ब १० करोड ८७ लाख रुपैयाँको डिजेल र ११ अर्ब ६२ करोड ७१ लाख रुपैयाँको खाना पकाउने ग्यास आयात भएको भन्सार विभागले जनाएको छ । 

विभागको तथ्यांक अनुसार, एक लाख ६५ हजार ५९४ लिटर डिजेल र १३ करोड २५ लाख ७७ हजार ६८६ केजी खाना पकाउने ग्यास आयात भएको हो । 

उक्त परिमाणमा पेट्रोलियम पदार्थ आयात हुँदा २२ अर्ब ८७ लाख ४७ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved