३ महिनामा ८ हजार लिटर नेल पोलिश र ४९ हजार किलो लिपिस्टिक आयात

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 29, 2023 | 05:36:35 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्ष २०८०/८१ को असोज मसान्तसम्म नेपालले १ करोड ८७ लाख २० हजार रुपैयाँ बराबरको ८ हजार ४ सय २३ लिटर नेल पोलिश आयात गरेको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार कुल आयात मध्य ५ हजार २ सय ७० लिटर चीनबाट आयात भएको छ । भारतबाट १ हजार ८ सय ५ लिटर आयात भएको छ ।  साथै, कुल आयात मध्य ताइवानबाट ४ लिटर आयात भएको छ । टर्कीबाट १ हजार ३ सय ४४ लिटर आयात भएको छ ।  

त्यस्तै, चालु आर्थिक वर्ष २०८०/८१ को असोज मसान्त सम्म २५ करोड ९६ लाख ३८ हजार रुपैँयाको ५ लाख ४१ हजार ८ सय ८८ लिटर नुहाउने स्याम्पु आयात भएको छ । विभागको तथ्याङ्क अनुसार भारत लगाएत २७ वटा देशहरुबाट उक्त स्याम्पु आयात भएको छ । सबैभन्दा धेरै स्याम्पु भारतबाट आयात भएको तथ्याङ्कमा उल्लेख छ । 

त्यसैगरि, चालु आर्थिक वर्ष २०८०/८१ को असोज मसान्तसम्म १५ करोड ८४ लाख ७० हजार रुपैँयाको ४९ हजार ७४ केजी लिपस्टिक नेपालमा आयात गरेको छ । विभागको तथ्याङ्क अनुसार चीन लगायत २४ ओटा देशहरुबाट उक्त लिपस्टिक नेपालमा आयात भएको छ । सबैभन्दा धेरै लिपस्टिक चीनबाट नै आयात आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved