अमेरिकी डलरको मूल्यले फेरि बनायो नयाँ रेकर्ड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 02, 2023 | 09:47:02 AM मा प्रकाशित

laxmi  sunrise bank

पछिल्लो समय लगातार आकाशिँदै गएको अमेरिकी डलरको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । बिहीबार एक अमेरिकी डलरको बिक्रीदर १३३ रुपैयाँ ५७ पैसा पुग्दै हालसम्मकै महँगोको रेकर्ड बनाएको छ ।

नेपाल राष्ट्र बैंकले अनुसार नेपाली मुद्रामा डलरको यो विनिमयदर हालसम्मकै उच्च हो । यसअघि गत असोज ३० गते एक अमेरिकी डलरको बिक्रीदर १३३ रुपैयाँ ५५ पैसा पुगेको थियो ।त्यस्तै,  राष्ट्र बैंकले आज एक अमेरिकी डलरको खरिददर भने १३२ रुपैयाँ ९७ रुपैयाँ तोकेको छ ।

विश्व बजारमा अमेरिकी डलर बलियो भएसँगै नेपाली मुद्राको भाउ अवमूल्यन भएको हो । नेपाली मुद्राको भारतीय रुपैयासँग स्थिर विनिमयदर रहेको र अमेरिकी डलर बलियो बन्दा भारुको मूल्य खस्कने भएकाले त्यसको असर नेपाली मुद्रालाई पर्ने गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved