राजश्व छल्नेप्रति कठोर बन्यो भन्सार विभाग, चार सय कन्टेनर खोल्दा डेढ सयका सामान अवैध

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 06, 2024 | 11:22:04 PM मा प्रकाशित

laxmi  sunrise bank

भन्सार विभागले बिरगंज भन्सारस्थित सुक्खा बन्दरगाहमा रहेका करोडौं मुल्य बराबरको बस्तु लिलाम गर्ने भएको छ। लामो समयदेखि त्यहाँ रहेका कन्टेनरलाई सार्वजनिक सूचना मार्फत स्वघोषणाको लागि बोलाउँदा समेत नआएपछि लिलाम प्रक्रियामा लगिएको भन्सार विभागले जनाएको छ। 

सुख्खा बन्दरगाहमा रहेका अवैध सामानहरु सबै बरामद गरिएको तिनको लिलाम प्रक्रिया थालिएको भन्सार विभाग प्रमुख शोभाकान्त पौडेलले बताए। उनकाअनुसार विभागले सार्वजनिक सूचना नै जारी गरेर विरगंज भन्सारमा रहेका मालसामानको स्वघोषणा गरी प्रक्रियामा आउँ भनेको थियो। तर अटेर भएपछि विभागले सबै प्रक्रिया मिलाएर करोडौं मुल्यको बस्तुको लिलाम प्रक्रिया थालेको हो। 

सुख्खा बन्दरगाहमा लामोसमयदेखि रहेका झन्डै चार सय कन्टेनर परिक्षण गर्दा डेढ सय बढी कन्टेनरका सामानहरु अबैध भेटिएको विभाग स्रोतले जनाएको छ। अधिकांश कन्टेनरमा प्रतिबन्ध गरिएका तथा अत्यधिक बढी भन्सार लाग्ने किसिमका बस्तुहरु भेटिएको छ। अधिकांश कन्टेनरमा सुपारी, मदिरा, छोकड़ा, मरिचजस्ता बस्तुहरु रहेका छन्। 

सेटिङ गरि गन्तब्य स्थानतर्फ लैजान बिभिन्न किसिमका प्रपन्च गरिएको सम्बन्धमा परेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भन्सार बिभागलाई निर्देशन दिएपछि बिभागका शाखा अधिकृत मधु खनालको नेतृत्त्वमा रहेको टोलीले अहिलेको अवस्था फेला पारेको हो। 

सन् २०१८ देक्खी थन्किएर बसेका ६० दिन नाघेका भन्सार गोदाम र यार्डमा रहेका करिब चार सय कन्टेनर खोलेर परिक्षण गरिएको थियो। ती कन्टेनरमा आयात प्रतिबन्ध रहेका र उच्च भन्सार महसुल रहेका मदिरा, सुपारी, पोस्तादाना, छोकड़ा, केराउ , कपडा, फिट सप्लीमेन्ट, टायर सिलेन्ट लागायतका बस्तुहरु फेला परेको स्रोतले जनाएको छ। 

पछिल्लो समय भन्सार छली रोक्न भन्सार बिभागले बिभिन्न किसिमले अनुसन्धान गर्दै छानबिन समिति गठन गरेर काम गरिरहेको छ। आर्थिक गतिविधिमा सुस्तता आएपछि राजश्व संकलनको दबाबमा रहेको भन्सार बिभागले भन्सार जांचपासलाई झनै कडा बनाउंदै आएको छ।   

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved