कुन प्रदेशमा कति छन् दर्ता नभई चलेका पसल ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 09, 2024 | 02:06:49 PM मा प्रकाशित

laxmi  sunrise bank

दोस्रो व्यापार सर्वेक्षणले मधेश प्रदेशमा सबैभन्दा बढी बिना दर्ताका पसलहरु सञ्चालन हुने गरेको देखाएको छ । मधेशमा ४८.२३ प्रतिशत पसल तथा व्यवसायहरु दर्ता नभइ सञ्चालन भएको पाइएको हो ।

कोशी प्रदेशमा ३८.४९, बागमतीमा २४.७० प्रतिशत, गण्डकीमा २५.१० प्रतिशत पसल तथा व्यवसाय दर्ता बिना चलेका छन् । यस्तै, लुम्बिनी प्रदेशमा २८.८६ प्रतिशत, कर्णालीमा ३३.८२ र सुदूरपश्चिममा २८.८४ प्रतिशत पसल तथा व्यवसाय बिना दर्ता चलिरहेको अध्ययनले देखाएको छ ।

व्यापारको प्रकृति अनुसार सबैभन्दा धेरै दर्ता भएर चलेका पसल व्यवसायमा होलसेल व्यापार रहेका छन् । देशभरी रहेका होलसेल व्यापारमध्ये ६.४२ प्रतिशत मात्रै दर्ता बिना चलाएको पाइएको छ ।

खुद्रा व्यापारमा ३३.३८ प्रतिशत र मोटर मर्मत सम्भारमा २२.५४ प्रतिशत दर्ताबिना चलेको अध्ययनको निष्कर्ष छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved