आईएमएफले भन्यो 'मौद्रिक नीति खुकुलो हुँदा पनि कर्जा बढेन, आर्थिक वृद्धिदर ३.५ प्रतिशत हुन्छ'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 12, 2024 | 08:09:44 PM मा प्रकाशित

laxmi  sunrise bank

अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले खुकुलो मौद्रिक नीति अबलम्बन गर्दा पनि कर्जा प्रवाह बढ्न नसकेको बताएको छ। सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आईएमएफले यस्तो बताएको हो ।

पत्रकार सम्मेलनमा आईएमएफ मिसन चिफ टिडिएन किन्डाले  चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ३.१ प्रतिशत हुने प्रक्षेपण गरिएको बताए। कर्जा प्रवाह बढ्दै गएको, पुजीगत खर्च बढ्दै गएको, पर्यटक बढ्दै गएको र रेमिट्यान्स पनि बढ्दै गएको आधारमा चालु आर्थिक वर्षमा आर्थिक वृद्धि ३.१ प्रतिशत हुने प्रक्षेपण गरिएको उनले बताए। साथै महँगी दर पनि लक्ष्य भन्दा कम नै रहेको उनले उल्लेख गरे । यद्यपि उनले मौद्रिक नीति खुकुलो हुँदा पनि कर्जा प्रवाह अपेक्षित रुपमा बढ्न नसकेको उनले बताए । यद्यपि नेपालसँग अहिलेकै अवस्थामा पनि ५ प्रतिशत आर्थिक वृद्धिको सम्भावना भने रहेको उनले बताए । 

त्यस्तै उनले सरकारले अझै पुँजीगत खर्च बढाउनु पर्ने र आन्तरिक राजस्व पनि बढाउनु पर्ने बताए।  उनले  यी कार्यको लागि संरचनागत सुधार गर्नु पर्ने आवश्यकता रहेको र  नेपालले गर्न लागेको लगानी सम्मेलनलाई संरचनात्मक सुधारको रुपमा अवसरका रुपमा प्रयोग गर्न उनले सुझाव दिए । 

त्यस्तै उनले सहकारी संस्थाहरुलाई पनि नियमनको दायरामा ल्याउनु पर्ने बताए । नेपाल राष्ट्र बैंकले ल्याएको  चालु पुँजी कर्जा सम्बन्धी निर्देशन कार्यान्वयनमा गएपछि त्यसको नतिजा देखिन थालेको र सो निर्देशन पूर्ण रुपमा पालना गर्नु पर्ने उनले उल्लेख गरे । 

आईएमएफ मिसन चिफ टिडिएन किन्डाले आफुहरु नेपाल आएर अर्थ मन्त्री, अर्थ मन्त्रालयका विभिन्न पदाधिकारी, राष्ट्रिय योजना आयोगका पदाधिकारी, राष्ट्र बैंकका पदाधिकारी, वाणिज्य बैंकहरुका पदाधिकारी, निजि क्षेत्रका प्रतिनिधि र अन्य  विकास साझेदारहरुसँग छलफल गरेको बताए । नेपालमा एक साताको लागि आएको र यो अवसरमा उपलब्धिमुलक छलफल र भेटघाट भएको उनले उल्लेख गरे । उनले अहिले आईएमएफको बिस्तारित कर्जा सुविधा (ईसीएफ) अन्तर्गतको मुल्यांकन भन्दा पनि नेपाल सरकारले के कस्ता काम कारवाही गरिरहेको छ भन्ने बुझ आएको बताए ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved