नेपालले तिर्न बाँकी ऋण २३ खर्ब ८६ अर्ब ७७ करोड पुग्यो, माघमा मात्रै २३ अर्ब थपियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 15, 2024 | 08:14:00 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्ष २०८०/०८१ को ७ महिनासम्ममा २ खर्ब २ अर्ब ४३ करोड रुपैयाँ सार्वजनिक ऋण थपिएको छ । जसमध्ये १ खर्ब ५० अर्ब ३१ करोड आन्तरिक र ५२ अर्ब १२ करोड वाह्य ऋण थपिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यलयले जनाएको छ । 

यससँगै माघ मसान्तसम्म नेपालले तिर्न बाँकी रहेको ऋण २३ खर्ब ८६ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ । जसमध्ये ११ खर्ब ८४ अर्ब ५२ करोड आन्तरिक र १२ खर्ब २ अर्ब २४ करोड वाह्य ऋण रहेको छ । यस्तो ऋण गत आर्थिक वर्षको अन्त्यसम्म २२ खर्ब ९५ अर्ब ४३ करोड रहेको थियो । 

पछिल्लो एक महिना अर्थात माघ महिनामा मात्र ३८ अर्ब ६६ करोड रुपैयाँ ऋण सरकारले तिरेको कार्यलयको तथ्यांकले देखाउँछ । यो महिना २२ अर्ब ९७ करोड रुपैयाँ ऋण नेपाल सरकारले प्राप्त गरेको हो । 

यो ७ महिनामा नेपाललले १ खर्ब ११ अर्ब १० करोड रुपैयाँ सावाँ भुक्तानी गरेको छ । जसमध्ये ९० अर्ब ९७ करोड रुपैयाँ आन्तरिक र २० अर्ब १२ करोड रुपैयाँ बाह्य सावाँ भुक्तानी गरेको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved