७ महिनामा ९ खर्बको सामान आयात, नेपालको ब्यापार घाटा ८११ अर्ब

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 21, 2024 | 01:26:58 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको ७ महिनामा ८ खर्ब ९७ अर्ब ९४ करोड रुपैयाँ बराबरको बस्तु तथा सेवा आयात भएको छ । गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा २.३१ प्रतिशत आयात घटेको हो । गत आवको ७ महिनामा ९ खर्ब १९ अर्ब १६ करोड रुपैयाँ बराबरको बस्तु तथा सेवा आयात भएको थियो ।

आयातसँगै नेपालको निर्यात पनि घटेको छ । चालु आवको ७ महिनामा ७.०७ प्रतिशतले निर्यात घटेको हो । चालु आवको ७ महिनामा ८६ अर्ब ८३ करोड रुपैयाँको बस्तु तथा सेवा निर्यात भएको छ । गत वर्षको सोहि अवधिमा यस्तो निर्यात ९३ अर्ब ४३ करोड रुपैयाँको भएको थियो । 

समग्रमा यो ७ महिनामा नेपालको ब्यापार घाटा ८ खर्ब ११ अर्ब ११ करोड रुपैयाँ रहेको छ । जुन गत आवको सोहि अवधिको तुलनामा १.७७ प्रतिशत कम हो । गत आवको सोहि मवधिमा ८ खर्ब २५ अर्ब ७३ करोड रुपैयाँ व्यापार घाटा रहेको थियो । 

यो अवधिमा ९ खर्ब ८४ अर्ब ७७ करोड रुपैयाँको वैदेशिक व्यापार भएको छ । गत आवको सोहि अवधिको तुलनामा यो २.७५ प्रतिशत कम हो । गत आवको सोहि अवधिमा नेपालको वैदेशिक व्यापार १० खर्ब १२ अर्ब ५९ करोड रहेको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved