नेपालले तिर्नु पर्ने ऋण २३ खर्ब ८८ अर्ब पुग्यो, फागुन मै थपियो डेढ अर्ब

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 17, 2024 | 12:12:27 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको फागुन महिनामा नेपालको सार्वजनिक ऋण १ अर्ब ४९ करोड रुपैयाँले बढेको छ। यस संगै नेपालले तिर्नु पर्ने सार्वजनिक ऋण २३ खर्ब ८८ अर्ब २६ कराड रुपैयाँ पुगेको छ। नेपालले तिर्न बाँकी उक्त ऋण मध्ये ११ खर्ब ८५ अर्ब ५२ करोड रुपैयाँ आन्तरिक र १२ खर्ब २ अर्ब ७३ करोड वाह्य ऋण हो । 

फागुन महिनमा साँवा र ब्याज गरी २४ अर्ब रुपैयाँ ऋण नेपालले भुक्तानी पनि गरेको छ । जसमध्ये १६ अर्ब ५३ करोड आन्तरिक र ३ अर्ब ७३ करोड वाह्य ऋण भुक्तान गरेको हो । फागुन महिनामा आन्तरिक रुपमा १३ अर्ब र वाह्यबाट १ अर्ब ८६ करोड गरी कुल १४ अर्ब ८६ करोड ऋण नेपालले लिएको छ ।

चालु आवको माघ मसान्तसम्म नेपालले तिर्न बाँकी ऋण २३ खर्ब ८६ अर्ब ७७ करोड रुपैयाँ थियो । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved