यो वर्ष नेपालको आर्थिक वृद्धि ३.३ प्रतिशत मात्रै, अर्को वर्ष हाइड्रोले बढाउँछ: विश्व बैंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 02, 2024 | 12:37:48 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्व बैंकले  चालु आर्थिक वर्ष २०८०/८१ मा नेपालको आर्थिक वृद्धि ३.३ प्रतिशत मात्रै हुने प्रक्षेपण गरेको छ । आज मंगलबार ‘साउथ एसिया डेभलपमेन्ट अपडेट’ सार्वजनिक गर्दै विश्व बैंकले नेपालको आर्थिक वृद्धि ३.३ प्रतिशत हुने प्रक्षेपण गरेको हो । 

विश्व बैंकले यस अघि गरेको प्रक्षेपणमा ०.६ प्रतिशत बिन्दुले घटाएर नयाँ आर्थिक वृद्धि प्रक्षेपण गरेको हो। हाइड्रोबाहेकका अन्य क्षेत्रमा आर्थिक गतिविधि सुस्त रुपमा बढिरहेको विश्व बैंकले उल्लेख गरेको छ । 

आगामी आर्थिक वर्ष भने नेपालको आर्थिक वृद्धि ४.६ प्रतिशत हुने विश्वबैंकको प्रक्षेपण छ । आगामी वर्ष नेपालले भारतमा विजुली बिक्री बढाउने, पर्यटकको संख्या बढ्दा होटेल क्षेत्रमा सुधार हुने विश्व बैंकले जनाएको छ । 

 हेर्नुस् विश्व बैंकले साउथ एशियाको लागि गरेको प्रक्षेपण :


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved