विनोद चौधरीलाई हराउन हृदयेशलाई एमालेको समर्थन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 12, 2022 | 04:44:35 PM मा प्रकाशित

laxmi  sunrise bank

नवलपरासी पश्चिममा  नेकपा एमालेले उम्मेदवारी फिर्ता लिएको छ । एमालेबाट मनोनयन दर्ता गराएकी सिन्धु जलेसा बुढाथोकीले उम्मेदवारी फिर्ता लिएकी हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले नवलपरासी पश्चिम १ मा जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीलाई समर्थन गर्दै बुढाथोकीको उम्मेदवारी फिर्ता लिन पत्र पठाएका थिए । 

यसअघि सोही क्षेत्रबाट त्रिपाठीले सूर्य चिह्नबाट चुनाव जितेका थिए। 

उक्त क्षेत्रमा सत्ता गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका विनोद चौधरी उम्मेदवार छन् । नेपालका एक मात्र डलर अर्बपछि चौधरीलाई हराउन एमालेले त्रिपाठीलाई समर्थन गरेको हो । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved