गण्डकी सरकारका मन्त्री कुमार खड्का बर्खास्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 15, 2022 | 08:06:54 PM मा प्रकाशित

laxmi  sunrise bank

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्कालाई बर्खास्त गरेका छन्। चुनावमा गठबन्धनलाई असहयोग गरेपछि आरोप लगाउदै मुख्यमन्त्री पोखरेलले मन्त्री खड्कालाई बर्खास्त गरेका हुन्।

गण्डकी प्रदेश सरकारका प्रवक्ता समेत रहेका खड्का माथि गठबन्धनविरुद्ध अभिव्यक्ति दिएको र गठबन्धनका उम्मेदवार विन्दुकुमार थापालाई असहयोग गरेको आरोप छ। थापा कास्की क्षेत्र नं २ ख का प्रदेश सभा सदस्यका उम्मेद्वार हुन्। काँग्रेस नेता थापा गण्डकी प्रदेशका कानून संचार तथा प्रदेश सभा मामिला मन्त्री समेत हुन्।

यहि कार्तिक २२ गते चुनावमा गठबन्धन विरुद्ध गतिविधि गरेको आरोपमा मुख्यमन्त्री पोखरेलले उर्जा,जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यलाई बर्खास्त गरेका थिए । मुख्यमन्त्री पोखरेलले ऊर्जा, जलश्रोततथा खानेपानी र भौतिक पूवार्धार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी समेत आँफैले लिएका छ्न्।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved