एनसीसी बैंकको साधारणसभा स्थगित गर्न निर्वाचन आयोगको निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 15, 2022 | 08:16:03 PM मा प्रकाशित

laxmi  sunrise bank

निर्वाचन आयोगले नेपाल क्रेडिट एण्ड कमर्सियल बैङ्क (एनसीसी बैंक) लाई साधारणसभा स्थगित गर्न निर्देशन दिएको छ । बैंकले मङ्सिर २ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा सभा आह्वान गरेको थियो । 

आयोगले राजनीतिक कारण देखाउदै बैंकको साधारणसभा स्थगित गर्न निर्देशन दिएको हो  । बैंकका संचालक रहेका मोहन बहादुर बस्नेत सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार छन्  ।  उनी कांग्रेसका तर्फबाट पूर्वमन्त्री तथा हाल केन्द्रीय सदस्य समेत हुन् ।

उम्मेदवार नै सञ्चालक रहेको बैंकको साधारण सभा आगामी मंसिर २ गते काठमाण्डौमा सम्पन्न हुने गरी आयोजना गरिएको र मौन अवधि शुरु भइसकेपछि ठूलो संख्यामा मानिसहरु भेला गराई राजनीतिक प्रभाव पार्ने उद्देश्यले भोजभतेर समेतको व्यवस्था गरी साधारण सभा गर्दा निर्वाचन आचारसंहिता उल्लङ्घन हुनुको साथै सार्वजनिक शान्ति र सुव्यवस्थामा समेत खलल पर्न सक्ने अवस्थाको स्पष्ट विद्यमानता देखिएको भन्दै सभा रोक्न उजुरी परेको आयोगले जनाएको छ।

निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३  को दफा २४ को उपदफा (५) मा “कसैले पनि मतदान हुने दिनभन्दा अठ्चालीस घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्म कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै पनि प्रकारले प्रचारप्रसार गर्न वा गराउन हुँदैन” भन्ने व्यवस्था रहेको र निर्वाचन आचारसंहिता, २०७९  को दफा ४, सबैले पालना गर्नुपर्ने आचरण अन्तरगत खण्ड (न) मा “कुनै प्रकारले निर्वाचनको स्वच्छता र निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने” व्यवस्था रहेकोले सभा स्थगित गर्न निर्देशन दिईएको बैंकले जनाएको छ ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved