चुनावको दिन कुन प्रदेशको मौसम कस्तो रहन्छ ? यस्तो छ पूर्वानुमान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 16, 2022 | 01:18:06 PM मा प्रकाशित

laxmi  sunrise bank

जल तथा मौसम विज्ञान विभागले मङ्सिर ४ गते हुन गईरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को लागि प्रारम्भिक मौसम पूर्वानुमान बुलेटिन सार्वजनिक गरेको छ । विभागले हालको मौसमी विश्लेषण अनुसार, प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि मंसिर ०२ गते शुक्रबार देखि मंसिर ०४ गते आईतबार सम्मको मौसम पूर्वानुमान सार्वजनिक गरेको हो ।

यस्तो छ विभागको पूर्वानुमान : 

२०७९ मंसिर ०२ (शुक्रबार): प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने सम्भावना छ । प्रदेश नं १, बागमती तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।

२०७९ मंसिर ०३ (शनिबार): प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने सम्भावना छ । प्रदेश नं १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दूई स्थानमा हल्का हिमपातको संभावना रहेको छ। 

२०७९ मंसिर ०४ (आईतबार): प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने सम्भावना छ । 

मौसम पूर्वानुमान महाशाखाले मौसमी प्रणालीलाई निरन्तर अनुगमन गरिरहेको र आवश्यकता अनुसार थप बुलेटिन जारी गर्ने जनाएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved