संसदमा प्रतिनिधित्व गरेर लगानीमैत्री वातावरण बनाउन प्रयास गर्छु – दिलसुन्दर श्रेष्ठ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 17, 2022 | 03:26:08 PM मा प्रकाशित

laxmi  sunrise bank

यही आउँदो निर्वाचनमा व्यवसायीसमेत रहेका नेकपा माओवादी केन्द्रका समानुपातिक उम्मेदवार दिलसुन्दर श्रेष्ठले आफूले संसदमा प्रतिनिधित्व गर्न पाए देशमा लगानीमैत्री वातावरण बनाउन लागिपर्ने बताएका छन् ।

बिजपाटीसँग संक्षिप्त कुराकानी गर्दै श्रेष्ठले संसदमा सबै जात, धर्म, लिंगको प्रतिनिधित्व सुनिश्चित गरिएको तर व्यापारी व्यवसायीको प्रतिनिधित्वलाई राजनीतिक दलहरूले राम्रो रूपमा नलिएको गुनासोसमेत गरेका छन् ।

'मैले संसदमा प्रतिनिधित्व गरेर देशलाई लगानीमैत्री वातावरण बनाउन प्रयत्न गर्नेछु,' श्रेष्ठले भने, 'उत्पादन वृद्धि गर्ने काम भएको छैन । जबसम्म देशको व्यापार घाटालाई न्यूनीकरण गर्न सकिन्न, तबसम्म देश सक्षम हुन सक्दैन भन्ने मेरो मान्यता हो ।'

उनले नेपालको प्रदेश र संघबीच अधिकार बाँडफाँड राम्रोसँग नभएको भन्दै त्यसको सम्बन्धमा निश्चित नीतिहरू तय गर्न आफू संसदमा जान लागेको बताए ।   

'नेपालको संविधान त बनायौं, लागू गर्न गाह्रो भएको छ । प्रदेश र संघको अधिकार बाँडफाँड सम्बन्धमा निश्चित निर्णयहरू गर्नुपर्नेछ,' उनले भने, 'स्पष्ट नीतिहरू तय भएको छैन । प्रदेशमा भएका उद्योगहरू, प्रदेशसँग अनुमति माग्छन, केन्द्रले कटौती गर्छ । विकास निर्माणका कामहरूमा निर्दिष्ट कानूनहरू बनाएर संविधानलाई गतिशील बनाएर अघि लैजानुपर्ने छ ।'

उनले थपे, 'संसदमा नियम कानून बनाउने काम गर्छु, त्यसलाई आर्थिक प्याकेजहरू आर्थिक क्रान्ति गर्न सहयोग गर्नेछु ।'

संसदमा व्यवसायीहरूको प्रतिनिधित्वलाई लिएर नकारात्मक प्रतिकृया आउने गरेकोमा उनले गुनासो गरे । 'यही कुराहरू राजनीतिक दलका साथीहरूलाई कुरा बुझाउन सकिएको छैन,' उनले भने, 'संसदमा अन्य धेरै जात धर्म अन्य क्लस्टरहरूको प्रतिनिधित्व हुन सक्ने, जीडीपीमा ७०/८० प्रतिशत योगदान गर्नेहरू संसदमा जान नहुने ?'

श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य हुन् भने वागमती प्रदेशका अध्यक्ष हुन् । नेपाल राष्ट्रिय व्यापार महासंघका सल्लाहकारसमेत रहेका श्रेष्ठ नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकारसमेत छन् । 

 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved