विनोद चौधरीको चुनाव जित्ने फण्डा: प्रचारमा बालबालिका प्रयोग, स्थानीयले सिकाए सबक (भिडियो)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 17, 2022 | 08:50:38 PM मा प्रकाशित

laxmi  sunrise bank

नवलपरासी क्षेत्र नम्बर १ मा सत्तारूढ गठबन्धनका तर्फबाट उठेका नेपाली कांग्रेसका उम्मेदवार तथा विवादित डलर अर्बपति विनोद चौधरीले आचारसंहिता विपरित बालबालिकालाई निर्वाचन प्रचारमा प्रयोग गरेको पाईएको छ । उनले चौधरी ग्रुपका कर्मचारीलाई आफ्नो प्रचार गर्ने भन्दा पनि प्रतिस्पर्धी हृदेश त्रिपाठीको विपक्षीमा प्रचार गर्न पर्चा बाड्न लगाएका हुन् । सोहि क्रममा बालक पनि प्रयोग भएका छन् ।

सिजी ग्रुपका कर्मचारी कृष्ण बहादुर राणा त्रिपाठीको विरुद्दमा तयार पारिएको पर्चा बाड्दै गर्दा फेला परेका छन्  । राणाले बाइकमा तरुण दलको चिन्ह भएको क्याप लगाएका बालकलाई पनि साथै लिएर हिडेको अवस्थामा स्थानीयले फेला पारेर प्रहरीलाई बुझाएका हुन्  । राणाले ति बालक आफ्नै छोरा भएको दाबी गरेका छन्  । 

प्रहरीले राणाको साथबाट सिजी ग्रुपको तर्फबाट कर्मचारी रहेको उनको परिचय पत्र, हृदेश त्रिपाठीलाई मतदाताको १४ प्रश्न लेखिएको पर्चा, नो नट अगेन लेखिएको पर्चा लगायतका सामाग्री बरामद गरेको छ। विवादित उम्मेदवार चौधरीले आफुलाई भोट देऊ भनेर प्रचार गर्नु भन्दा पनि त्रिपाठीलाई नदेउ भनेर नो नट अगेनको पर्चा बाडेका हुन् । 

त्यसो त् चौधरीले आचारसंहिता विपरित दैनिक भोजभतेर संचालन गरिरहेका छन् । उक्त भोजभतेरमा दैनिक डेढ सय भन्दा बढीलाई चार पटकसम्म मासुभात खुवाउने व्यवस्था गरिएको छ । बर्दघाट नगरपालिकाको जिमिरेभारमा अवस्थित त्रिनेत्र अध्यात्म धाममा संचालित उक्त भोज भतेरविरुद्ध जिल्ला निर्वाचन कार्यालयमा उजुरी परेको भएपनि कुनै कारवाही भने भएको छैन ।

विगत एक साता भन्दा बढी समयदेखि चलिरहेको भोजभतेरमा जो कोही पनि आएर खान सक्ने व्यवस्था छ । सञ्चारमाध्यमहरूले भोजभतेर बारे समाचार प्रकाशन र प्रसारण गरे पनि चौधरीले अटेरी गरिरहेका छन् । जिल्ला निर्वाचन कार्यालयले भने चौधरीमाथि परेको उजुरीको अनुसन्धान भइरहेको जनाएको छ ।

त्यति मात्र नभएर चौधरीले आफ्नो क्षेत्रमा निशुल्क इन्टरनेटसमेत वितरण गर्न लगाइरहेका छन् । निर्वाचन जसरी पनि जित्ने प्रयासमा लागेका चौधरीले भोट तान्न भतेर, पैसा, निशुल्क इन्टरनेट, रोजगारी दिन्छु भन्दै नयाँ कम्पनी दर्ता, पैसा, जस्ता सबै हत्कण्डा प्रयोग गरिरहेका छन् । चौधरीले आफ्नो बारेमा समाचार लेख्ने सञ्चारमाध्यमलाई अदालतमा मुद्दा हाल्नेदेखि मान्छे पठाएर धम्क्याउनेसमेत गरेको तथ्य बिजपाटीले यसअघि लेखेको थियो ।

निर्वाचन आचारसंहिता२०७९ ले मतदातालाई प्रलोभनमा पार्ने गरी भोज खुवाउन नपाइने तथा चुनाव प्रचारप्रसारमा बालबालिकाको प्रयोग गर्न निषेध गरेको छ । यस्तो गरेको पाइएमा आयोगले निर्वाचन आयोग ऐन२०७३ दफा २३ बमोजिम एक लाख रुपैयाँसम्म जरिवाना र उम्मेदवारी रद्दसम्म गरिदिन सक्छ ।

हेर्नुस् भिडियो : 

यहाँ क्लिक गरेर पनि भिडियो हेर्न सकिन्छ 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved