मौन अवधिको धज्जी उडाउँदै प्रधानमन्त्री देउवाले प्रतिव्यक्ति ५ हजार बाँडेको खुलासा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 19, 2022 | 08:54:39 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली कांग्रेसका सभापति एवंम् प्रधानमन्त्री शेरबहादुर देउवाले नै  स्थिर अवधि (मौन अवधि) को धज्जी उडाएको पाइएको छ । बिहीबार राति १२ बजेबाट मौन अवधि सुरु भएसँगै निर्वाचनको प्रचारप्रसारमा रोक लगाइए पनि देउवाले धमाधम मतदाता भेटिरहेका छन् । उनले  सुरक्षा घेराभित्र सयौंको संख्यामा आफू बसेको डडेल्धुरास्थित रातो गुराँस रिसोर्टमा मतदाता भेटिरहेका हुन् ।

सुरक्षा घेरभित्र पालैपालो मानिसलाई भित्र पठाइरहेको बेला पत्रकारलाई भने फोटो नखिच्न भन्दै सुरक्षाकर्मी तथा देउवाका सहयोगीले धम्कीसमेत दिएका छन् । देउवाले आफूलाई मत दिन आग्रह गर्दै प्रतिव्यक्ति ५ हजार रूपैयाँ दिइरहेको एक स्थानीयले बताए। ‘प्रति व्यक्ति ५ हजार दिइरहेका छन्। मलाई पनि ५ हजार दिए,’ देउवालाई भेटेर आएका एक स्थानीयले भने।

 प्रहरी प्रशासनलाई पत्रकारले ‘सुरक्षा थ्रेट’ भएको खबर गरेपछि रिसोर्ट पुगेका डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी गाडिबाट बाहिर निस्किएनन् भने प्रहरी नायव उपरीक्षक मनोहर भट्टले अन्य प्रहरीलाई भिड हटाउन निर्देशन दिएका थिए । प्रहरीले भिड हटाएपछि रिसोर्ट पुगेकाहरू आ–आफ्नो घर लागेका थिए।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved