दार्चुलामा 'होक्स बम' आतंक, प्रेसर कुकरभित्र माटो भेटियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 19, 2022 | 09:19:19 AM मा प्रकाशित

laxmi  sunrise bank

दार्चुला र बैतडीको सीमा क्षेत्रमा पर्ने चौलानी नदी माथिको गोकुलेश्वर पुलमा राखिएको प्रेसर कुकरमा माटो भएको बताइएको छ। इलाका प्रहरी कार्यालय गोकुलेश्वरले सो प्रेसर कुकरमा बम नभएर माटो भरेर राखेको जनाएको छ। 

इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रमुख विरेन्द्र थापाका अनुसार अहिले त्यो कुकर हटाएर सवारी सञ्चालनमा ल्याइएको छ। यस्तै जिल्लाको अवस्था सामान्य रहेको उनको दाबी छ। यसअघि शनिबार बिहानै ३ बजेदेखि पुलमा बम राखिएको भनिएको थियो। त्यसपछि त्यहाँ नेपाली सेनाको टोली समेत पुगेको थियो। सेनाले उक्त प्रेसर कुकर पुलबाट निकालेका थिए। यस्तै उक्त कुकर राखिएपछि रातिबाट सवारी बन्द रहेका थिए। प्रेसर कुकर हटाएसँगै सवारी सञ्चालनमा आएको प्रहरीले जनााएको छ।

बम जस्तै देखिने तर यथार्थमा बम नहुने वस्तुलाई  'होक्स बम' भनिन्छ । यस्ता वस्तु आतंक फैलाउने उदेश्यले राख्ने गरिएका हुन्छन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved