सहरी विकासका ७ योजना निर्वाचन आयोगद्वारा बदर, सचिव सिंहलाई स्पष्टीकरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 19, 2022 | 02:46:30 PM मा प्रकाशित

laxmi  sunrise bank

निर्वाचन आयोगले सहरी विकास मन्त्रालयले मंसिर १ गते स्वीकृत गरेका ७ योजना बदर गर्न निर्देशन दिएको छ । आयोगले शुक्रबार सहरी विकास मन्त्रालयका सचिवलाई पत्र पठाउँदै सचिव स्तरीय निर्णयबाट स्वीकृत गराइएका ७ योजना बदर गर्न निर्देशन दिएको हो ।

‘यस विषयमा बहुवर्षीय खरिद गुरुयोजना स्वीकृत गर्नेगरी त्यस मन्त्रालयको मिति २०७९/०८/०१ को सचिवस्तरबाट भएको निर्णय बदर गरी सो को जानकारी ढिलोमा मिति २०७९/०८/०३ गते बिहान ११ बजेसम्म आयोगको इमेल ठेगानामा वा निर्वाचन आयोग नेपाल, कान्तिपथ, काठमाडौंमा प्राप्त हुनेगरी पठाउनु हुन अनुरोध गर्दै यो पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग नेपाल कान्तिपथमा स्वयं उपस्थित भइ देहायका विषयमा लिखित स्पष्टीकरण पेश गर्नु हुन निर्णयानुसार अनुरोध छ’ आयोगले मन्त्रालयमा पठाएको पत्रमा भनिएको छ । 

आयोगले असोज १२ गतेपछि भएका अरु नीतिगत निर्णय पनि मगाएको छ । 

सचिव स्तरीय निर्णयबाट बहुवर्षीय योजना स्वीकृत गर्ने काम निर्वाचन आचारसंहिता प्रतिकूल किन नहुने भन्ने प्रश्न पनि आयोगले सोधेको छ।

आयोगले मन्त्रालयका सचिव रमेश सिंहलाई पनि स्पष्टीकरण सोधेको छ। अमुक राजनीतिक दलका उम्मेदवारलाई हित हुनेगरी निर्वाचन आचारसंहिता विपरीतका काम गरेको भन्दै आयोगले सिंहलाई स्पष्टीकरण सोधेको हो।

सिंह मेटमणी चौधरीको निर्वाचन क्षेत्रमा पुगेर उनलाई सहयोग गर्न पुगेका थिए । विरोध भएपछि उनलाई प्रहरीले सुरक्षा दिएर फिर्ता ल्याएको थियो ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved