आचारसंहिता नमानेपछि मेटमणीलाई २५ हजार र भवानी खापुङलाई ५ हजार जरिवाना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 19, 2022 | 03:12:07 PM मा प्रकाशित

laxmi  sunrise bank

निर्वाचन आयोगले बहालवाला २ जना मन्त्रीलाई निर्वाचन आचारसंहिता विपरिताका गतिविधि गरेको भन्दै जरिवाना गराउने निर्णय गरेको छ । 

आयोगले शहरी विकासमन्त्री मेटमणि चौधरीलाई २५ हजार र स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङलाई ५ हजार रुपैयाँ जरिवाना गराउने निर्णय गरेको हो ।

निर्वाचन आचारसंहिता लागू भइसकेपछि बाढी पीडितलाई चामल बाँडेपछि आयोगले शहरी विकासमन्त्री चौधरीलाई स्पष्टीकरण सोधेको थियो । निर्वाचन आचारसंहिता विपरीत चामल वितरण गरेको भन्दै आयोगले उनलाई २५ हजार रुपैयाँ जरिवाना गराएको हो । 

यस्तै आचारसंहिता लागू भएपछि कर्मचारी सरुवा गरेको भन्दै स्वास्थ्यमन्त्री खापुङलाई आयोगले ५ हजार जरिवाना लगाएको हो । उनले वैद्य खानाका डा. श्यामबाबु यादवको सरुवा गरेका थिए । 

कर्मचारी सरुवाको निर्णय प्रक्रियामा सहभागी सचिवलाई विभागीय कारबाही गर्न आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयलाई पत्र पठाउने छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved