भोटर कार्ड छैन ? नआत्तिनुस्, यी कागजात देखाएर पनि भोट हाल्न पाइन्छ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 19, 2022 | 03:27:08 PM मा प्रकाशित

laxmi  sunrise bank

मतदाता परिचय पत्र पाइनसकेका वा हराएकाहरुले मतदान अधिकारबाट बन्चित हुन नपरोस् भनेर फोटो भएको परिचय खुल्ने कागजात भएको खण्डमा भोट हाल्न पाइने छ । 

निर्वाचन आयोगले आफ्नो फोटो भएको परिचयपत्र देखाएर भोट हाल्न सकिने जनाएको छ । तर, त्यसको लागि मतदाता नामावलीमा नाम भने भएको हुनुपर्छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदाता परिचयपत्र साथमा नभएकाले आफ्नो फोटो टाँसिएको कुनै पनि परिचय खुल्ने प्रमाणपत्रका आधारमा मतदान गर्न सक्ने जनाएका छन् । उनका अनुसार नागरिकताको प्रमाणपत्र, राहदानी, जग्गाधनी प्रमाण पूर्जा, सवारी चालक अनुमति पत्र वा राष्ट्रिय परिचयपत्रमध्ये कुनै एउटा परिचय पत्र साथमै बोकेर गए भोट हाल्न पाइनेछ । 

आयोगले पूर्ण असशक्त बाहेक अरुलाई आफ्नो मत अरुलाई हाल्न नदिन पनि भनेको छ । 

मतदान गर्न मतदान स्थलमा आउने अशक्त, ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी, किरियापुत्री, अपाङ्गता भएका व्यक्तिलाई सहयोग गर्न र सबैभन्दा पहिला उनीहरुले मतदान गर्न सक्ने व्यवस्था मिलाउन पनि आयोगका प्रमुख आयुक्त थपलियाले अनुरोध गरेका छन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved