चुनाव हुने अघिल्लो दिन निर्वाचन क्षेत्र छोडेर प्रचण्ड किन चितवन पुगे ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 19, 2022 | 06:40:17 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन पुगेका छन् । गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका उम्मेदवार रहेका प्रचण्ड आफू भने भोट हाल्न चितवन पुगेका हुन् ।  

आइतबार हुने निर्वाचनमा मतदानका लागि प्रचण्ड शनिबार (आज) नै चितवन पुगेको प्रचण्डका प्रेस संयोजक सूर्य किरणले जनाएका छन् । 

‘चितवन ३ शिवनगरस्थित मतदान केन्द्रमा भोलि मंसिर ४ गते हुन गइरहेको आम निर्वाचनमा आफ्नो मताधिकारको प्रयोग गर्न अध्यक्ष प्रचण्ड अपराह्न चितवनको भरतपुर विमानस्थल अवतरण हुनुभएको छ’ सूर्य किरणले लेखेका छन् । 

२०७४ सालको निर्वाचनमा प्रचण्ड चितवन ३ बाटै निर्वाचित भएका थिए। तर, अहिले त्यहाँ आफूले चुनाव जित्न मुस्किल देखेपछि उनी गोरखा २ बाट उम्मेदवार बनेका छन्।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved