मतगणना आज रातिबाटै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 20, 2022 | 09:11:38 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रदेशसभा र प्रतिनिधिसभा सदस्यका लागि आज भइरहेको निर्वाचनको मतगणना आज रातिबाटै सुरु हुने भएको छ । 

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले काठमाडौँसहित तराईका जिल्लाहरुमा आज राति ९ बजेबाट नै मत गणना शुरु गरिने जानकारी दिए ।

भक्तपुरको युनिक नेपाल एकेडेमी केन्द्रबाट मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै थपलियाले आजै राति ९ बजेदेखि मतगणना कार्य प्रारम्भ हुने बताएका हुन् । 

‘आज ५ बजे मतदान कार्य सम्पन्न हुनासाथ सबै मतपेटिकाहरु संकलन गर्ने कार्य प्रारम्भ हुन्छ’ उनले भने, ‘७ बजेसम्म मतपेटिका संकलन गर्ने र एक घण्टा छलफल गरेर आजै राति ९ बजेदेखि मतगणना कार्य प्रारम्भ हुनेछ ।’

हिमाली जिल्लामा भने आज मतपेटिकाहरु जम्मा गर्न नसकिने भएकाले सोमबार बिहान ५ बजेबाट नै मतगणना सुरु गर्ने उनको भनाई छ ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved