छिट्फुट् ठाउँबाहेक देशैभर मतदान सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 20, 2022 | 09:19:05 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतदान देशैभर सुरु भएको छ । देशभर १० हजार ८९२ मतदान स्थलका २२ हजार २२७ मतदान केन्द्र र १४१ अस्थायी मतदान केन्द्रमा आइतबार बिहानैबाट मतदाता सुरु भएको हो । 

मतदान बिहान ७ देखि साँझ ५ बजेसम्म चल्नेछ । 

यसपटक १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता छन् । जसमा ९१ लाख ४० हजार ८०६ पुरुष र ८८ लाख ४७ हजार ५७९ महिला मतदाता रहेका छन् । १८५ अन्य मतदाता छन् भने ४ लाख ५० हजार अस्थायी मतदाता छन् ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ सिटका लागि ६१ राजनीतिक दल र स्वतन्त्रबाट २ हजार ४१२ जना उम्मेदवार मैदानमा छन् ।

प्रदेशसभाको प्रत्यक्षतर्फ ३३० सिटका लागि ३ हजार २२४ जना उम्मेदवार मैदानमा छन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved