बाजुरामा गोली चल्नुको कारण के थियो ?

बिजपाटी प्रदेश सम्बाददाता

बिजपाटी प्रदेश सम्बाददाता

Nov 20, 2022 | 07:15:44 PM मा प्रकाशित

laxmi  sunrise bank

बाजुरामा गोली चल्दा एक जनाको मृत्यु भएको छ। जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर ७ स्थित मतदान केन्द्रमा सुरक्षाकर्मीले चलाएको गोलीले एक जनाको मृत्यु भएको हो। 

सोही ठाउँका अन्दाजी २५ वर्षीय सुरेन्द्र ऐडी ९संजिव० को गोली लागेर मृत्यु भएको त्यहाँका वडाध्यक्ष जुद्धबहादुर ऐडीले बताए। उनले भने, ‘सुरेन्द्र बितिसक्यो, अरु स्थानीयहरु घाइते छन्। यहाँ अवस्था त्रासपूर्ण छ। कोलाहल र रुवाबासी चलेको छ। स्थानीयले प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरिरहेका छन्।’ 

यस्तै उनकाअनुसार गोली चलेपछि ३ जना स्थानीय घाइते भएका छन्। घाइते हुनेमा प्रहरी हवल्दार कृष्ण कुँवर, पर्शुराम पाध्याया ९स्थानीय० र खडक ऐडी (स्थानीय) रहेका छन्। घाइते तीनै जनालाई अहिले नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको छ।

के थियो घटना ? 

मतदान सकिने बेला त्रिवेणी नगरपालिका–७ को नाटेश्वरी आधारभूत विद्यालय मतदानस्थलमा फर्जी मतको खसालेको विषयमा सत्ता गठबन्धन र नेकपा एमालेका कार्यकर्ताबीच विवाद भएको थियो। मतपेटीका खोसाखेस गरिरहेको अवस्थामा दुई पक्षीय झडपपछि प्रहरीले स्थिती सामान्य बनाउन गोली चलाएको थियो।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved