बाजुरा सदरमुकाम तनावग्रस्त, सेना परिचालन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 21, 2022 | 12:01:59 PM मा प्रकाशित

laxmi  sunrise bank

बाजुराको सदरमुकाम मार्तडी तनावग्रस्त बनेको छ । नेकपा एमाले निकट अनेरास्ववियु बाजुराले सदरमुकाम मार्तडी बजार बन्द गरेपछि बजार क्षेत्र तनावग्रस्त बनेको हो । 

बाजुरा प्रहरीले सदरमुकामको बजारक्षेत्र बन्द गरेर एमाले निकट विद्यार्थी नेताहरुले बजारका गल्लीहरूमा टायर बालिरहेका छन्। बाजुरामा अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन अएडीको हत्याको विषयलाई लिएर अनेरास्ववियुले आन्दोलन गरेको हो। 

बजारमा आन्दोलन चर्किएसँगै बाजुरा सदरमुकाममा नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी परिचालन गरिएको छ। 

आइतबार त्रिवेणी नगरपालिका–७ को नाट्यश्वरी आधारभूत विद्यालयमा मतदानको विवादलाई लिएर नेपाली काँग्रेसका कार्यकर्ताले चेतन अयडीको घरमै गएर कुटपिट गरेर मृत्यु भएको छ। अयडीलाई उपचारका लागि अछामको बयलपाटा अस्पतालमा लगिएको थियो।

तर, अस्पताल पुर्याउनासाथ चिकित्सकले उनको मृत्यु भएको घोषणा गरेका थिए।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved