भक्तपुर २ मा मतगणना रोकियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 21, 2022 | 12:19:31 PM मा प्रकाशित

laxmi  sunrise bank

भक्तपुर क्षेत्र नं। २ मा मतगणना रोकिएको छ । सदर र बदर मतको विषयमा विवाद हुँदा मतगणना रोकिएको हो ।

बिहान साढे २ बजेदेखि मतगणना सुरु भएपनि अहिले विवाद भएर मतगणना रोकिएको निर्वाचन अधिकृत लोकनाथ पराजुलीले जानकारी दिए ।

भक्तपुर–२ मा ६५ हजार ७७५ मत खसेको थियो । 

यो क्षेत्रमा नेपाली कांग्रेसका दुर्लभ थापा, एमालेका महेश बस्नेत, जनता समाजवादीका दिलबहादुर तामाङ, राप्रपाका मोहन केसी, नेपाल मजदुर किसान पार्टीका अनुराधा थापा मगर रहेका चुनावी मैदानमा छन् । 

प्रारम्भिक मत गणनामा कांग्रेसका थापाले अग्रता लिएका छन् । थापाले २ हजार २३० मत पाउँदा एमाले उम्मेदवार महेश बस्नेतले १ हजार ६३२ र राप्रपाका मोहन केसीले १२३ मत पाएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved