सामाजिक सुरक्षा योजनामा ६७ रोजगारदाता सुचिकृत, को बन्यो पहिलो ?

भावना लामा

भावना लामा

Dec 02, 2018 | 06:03:20 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले हालै तामझामका साथ शुभारम्भ गरेको सामाजिक सुरक्षा योजनामा हालसम्म ६७ रोजगार सुचिकृत भएका छन् ।  श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको सामाजिक सुरक्षा कोषले कार्तिक २६ गते राजपत्रमा सूचना प्रकाशित गर्दै रोजगारदातालाई कोषमा सुचिकृत हुन् आग्रह गरेको थियो । 

कोषले काठमाडौँ उपत्यका भित्रका रोजगारदाता र सबै श्रमिक आपूर्तिकर्तालाई मंसिर ६ को मितिले ३ महिना भित्र सुचिकृत हुन् आग्रह गरेको थियो ।  कोषका अनुसार हालसम्म ६७ रोजगारदाता यस अभियान अन्तर्गत सुचिकृत भएका छन् भने बाँकि १४७ प्रक्रियामा रहेका छन् । कोषले दिएको जानकारी अनुसार सुचिकृत हुने पहिलो रोजगारदाता सिजी फुड्स भएको छ । त्यस्तै दोस्रोमा भरोसा सर्भिसेज, तेस्रोमा चौधरी फाउन्डेसन, चौथोमा तारागाउँ रिजेन्सी होटेल र पाचौमा लुम्बिनी जनरल इन्स्योरेन्स रहेका छन् । 

रोजगारदाताले अनलाइन मार्फत कोषको वेबसाइटमा गई आफुलाई सुचिकृत गराउनु पर्ने ब्यबस्था छ । 

कोषले काठमाडौँ उपत्यका बाहेकका प्रदेश नम्बर ३ का अन्य स्थानका रोजगारदाताले मंस्गिर १५ देखि ३ महिना भित्रमा, प्रदेश १ का रोजगारदाताले पुस १ देखि ३ महिना भित्रमा, प्रदेश २ का रोजगारदाताले पुस १५ देखि ३ महिना भित्रमा सुचिकृत गराउनु पर्ने छ । त्यस्तै गण्डकी प्रदेश र प्रदेश ५ का रोजगारदाताले माघ १ देखि ३ महिना भित्रमा, र कर्णाली तथा सुदूरपश्चिमका रोजगारदाताले माघ १५ देखि ३ महिना भित्रमा सुचिकृत गराउनु पर्ने छ । 

कोषमा सुचिकृत भएका रोजगारदाता अन्तर्गत रहेका श्रमिकहरुले मात्र यस योजना अन्तर्गतको योगदानमा आधारित सामाजिक सुरक्षा प्राप्त गर्न सक्ने छन् । 

यो पनि : 

यसरी संचालन हुनेछ गर्भदेखि मृत्युपर्यन्त सुविधा पाइने 'सामाजिक सुरक्षा कार्यक्रम'


पेन्सन सहितको सामाजिक सुरक्षा कार्यक्रम लागू गरिँदै, यस्ता छन् बिशेषता

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved