जापान जाने नेपाली कामदारलाई जापानी सरह कै तलव, ५ बर्ष बस्न मिल्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 25, 2019 | 02:31:19 PM मा प्रकाशित

नेपाली कामदार जापान लाने बिषयमा नेपाल र जापानबीच सम्झौता भएको छ। सम्झौतामा नेपाल सरकारका तर्फबाट  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका निमित्त सचिव रामप्रसाद घिमिरेले सहमति पत्रमा हस्ताक्षर गरेका हुन भने जापानका तर्फबाट राजदुत मासामियो साईगोले हस्ताक्षर गरेका हुन्। दुईदेशबीच कामदार आपूर्तिबारे ‘सहकार्यको समझदारी’ (एमओसी)मा सम्झौता भएको हो।

कामदार पठाउनको लागि श्रम मन्त्रालयलको बैदेशिक रोजगार बिभाग अन्तर्गत एक छुट्टै संयन्त्र रहने छ ।  यहि संयन्त्रले नै कामदार छनोट गरी पठाउने व्यवस्था गर्नेछ । सम्झौता अनुसार अब म्यानपावर व्यवसायी जापानमा कामदार पठाउन पाउने छैनन् । 

नेपालबाट कति कामदार लैजाने भन्ने टुंगो लागेको छैन। जापानले ५ बर्षमा ९ देशका ३ लाख ४ हजार कामदार लैजान लागेको हो । जस अन्तर्गत नेपाल पनि परेको हो । कामदारको संख्या टुंगो नलागेको भए पनि नेपाली कामदारले पनि जापानी कामदार सरह कै तलब भत्ता र अन्य सुबिधा पाउने छन्।

जापान सरकारले  १४ क्षेत्रमा कामदार लैजाने छ।  कृषि, नर्सिङ केयर, सवारी साधन मर्मत तथा संभार, खाद्य सेवा उद्योग, निर्माण उद्योग, खाद्य पदार्थ र पेय पदार्थ उत्पादन, आवास उद्योग, मेसिनरी पार्टस् उद्योग, माछा मार्ने र माछा पालन उद्योग, औद्योगिक उपकरण उद्योग, इलेक्ट्रिक, इलोक्ट्रोनिक्स र सुचना प्रविधि उद्योग, विल्डिङ सरसफाइ ब्यवस्थापन, जहाज र जहाज पार्टपुर्जा उद्योग एवं हवाइ उद्योगमा श्रमिक लिने छ। 

जापान लैजानुअघि दक्ष तथा अर्धदक्ष कामदारको जापानी भाषा र सीप परीक्षण हुनेछ । आउँदो अप्रिल १ देखि नेपालसहित ९ देशबाट विदेशी कामदार लैजाने प्रक्रिया सुरु हुनेछ। यसरी गएका कामदारहरुले ५ बर्षसम्म जापानमा काम गर्न पाउने छन्  । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved