जापनिज भाषाको परीक्षा दिन ‘गोला प्रथा’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 30, 2019 | 06:46:24 AM मा प्रकाशित

laxmi  sunrise bank

नर्सिङ केयर गिभरमा जापान जाने नेपाली कामदारले भाषा परीक्षामा सहभागी हुन ‘गोला प्रथा’ जित्नुपर्ने व्यवस्था गरिएको छ । केयर गिभरमा कामदार लैजान खोजेको जापान सरकारले धेरै नेपालीहरु परीक्षामा सामेल हुने देखेपछि हजार जनालाई मात्रै भाषा परीक्षामा सहभागी गराउन यस्तो व्यवस्था गरेको हो । 

यसअघि ‘फर्स्ट कम फर्स्ट प्रायोरिटी’को मापदण्ड अनुसार पहिले फर्म भर्ने हजार जनालाई मात्रै परीक्षामा सहभागि गराउने भनिएकोमा जापान फाउन्डेसनले त्यो नियम परिवर्तन गर्दै फर्म भर्नेमध्ये गोला प्रथाबाट छानिएका हजार जनालाई मात्रै भाषा परीक्षामा सहभागी गराउने नियम ल्याएको हो । फाउन्डेसनले यो नियम आफ्नो वेबसाइटमार्फत जानकारी गराएको हो । 

अक्टोबर २७ देखि २९ सम्म पहिलो चरण, नोभेम्बर ५ देखि ७ दोस्रो चरण र नोभेम्बर १२ देखि १४ सम्म तेस्रो चरणको भाषा परीक्षण हुनेछ । परीक्षामा सहभागी हुन सेप्टेम्बर २७ देखि अक्टोबर ३ सम्म फर्म भर्नुपर्नेछ । भाषा परीक्षामा ६० प्रतिशतभन्दा माथिको अंक ल्याउनेलाई मात्रै जापान लैजाने भनिएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved