सामाजिक सुरक्षा कोषमा सूचिकरणको म्याद थप, नआउनेलाई कारबाही

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 31, 2019 | 01:12:00 PM मा प्रकाशित

laxmi sunrise bank

योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध हुने समयावढी एक महिना थप गरिएको छ। उल्लेख्य संख्यामा रोजगारदाता र कामदार सूचिकरण हुन बाँकी रहेको भन्दै सूचीकरणका लागि एक महिना थप गरिएको सामाजिक सुरक्षा कोषले जनाएको छ।  

सूचना प्रकाशन गरिएको मितिबाट एक महिना भित्रमा सूचीकरण हुनलाई कोषले सूचना जारि गरेको छ। आज कात्तिक १४ गते सूचना प्रकाशन भएकाले मङ्सिर १४ भित्र सूचीकरण हुनुपर्नेछ। 

तोकिएको अवधिभित्र सूचीकरण नहुनेलाई कानुन बमोजिम हुने समेत कोषले जनाएको छ। कारबाही हुने भनीएपनि कस्तो प्रकृतिको भन्ने सूचनामा उल्लेख छैन। कारबाहीको प्रकृतिबारे श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले समेत स्पष्ट रुपमा बोल्न सकेको छैन। 

हालसम्म कोषमा ८ हजार ८ सय १८ रोजगारदाता सुचिकृत छन भने १ लाख ९ सय ६८ कामदार तथा योगदानकर्ता सुचिकृत छन। सुचिकृत योगदानकर्ताबाट ७ करोड ६५ लाख भन्दा बढी संकलन भएको कोषले जनाएको छ।       


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved