बैंक तथा वित्तीय संस्थाका कर्मचारी आन्दोलनमा जाने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 30, 2019 | 05:44:59 PM मा प्रकाशित

बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले आन्दोलनमा जाने चेतावनी दिएका छन् । नेपाल वितीय संस्था कर्मचारी संघको राष्ट्रिय समितिका अध्यक्ष पदरमराज रेग्मीले बैंक तथा वित्तीय क्षेत्रमा सामाजिक सुरक्षा योजना लागू गर्न खोजे आन्दोलनमा जाने चेतावनी दिएका हुन्। 

अध्यक्ष रेग्मीले खाइपाइ आएको सेवा सुविधा समेत कटौती हुने गरी अव्यवहारिक तरिकाले सामाजिक सुरक्षा योजना लागू गर्न खोजिए आन्दोलनमा जानुको विकल्प नभएको बताएका हुन् । उनले सरकार र सरोकारवालासित छलफल गरेर अगाडी बढ्न तयार रहेको बताए । सामाजिक सुरक्षा योजनामा जाँदा यस क्षेत्रमा कार्यरत कर्मचारीहरुले पाइरहेको सेवा सुविधाहरुको सुरक्षा ग्यारेन्टी गरेर मात्र सामाजिक सुरक्षा योजनामा सहभागी हुने व्यवस्था गर्नुपर्ने उनको भनाई छ।

बैंक तथा वित्तीय संस्थालाई २४ मंसिरमा केन्द्रीय बैंकले योगदानमा आधारित सामाजिक सुरक्षा योजना अनिवार्य लागू गर्न सूचना जारि गरेको थियो । उक्त सूचनाप्रति संघले गम्भीर ध्यानाकर्षण भएको जनाउदै एकपक्षीय रुपमा नियामक निकायको कार्यक्षेत्र र अधिकारको दुरुपयोग भएको दाबी गरेको छ । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved