
वैदेशिक रोजगार विभाग र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) बीच अनलाइन भुक्तानीको लागि सम्झौता भएको छ । सम्झौतापत्रमा वैदेशिक रोजगार विभागका निर्देशक भोलानाथ गुरागाई तथा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।
सम्झौता संगै अब सर्वसाधारणले वैदेशिक रोजगार विभागका सम्पूर्ण भुक्तानीहरु कनेक्ट आपीएसको ई पेमेन्ट मार्फत तिर्न सक्ने छन् । प्रारम्भिक रुपमा यस प्रणाली मार्फत वैदेशिक रोजगारकर्मीहरुले तोकिएका बीमा कम्पनीहरुमा अनिवार्य आवधिक बीमाका निम्ती बुझाउनु पर्ने बीमा प्रिमियम शुल्क सोझै बैंक खाताबाट जम्मा गर्न सक्नेछन् ।
त्यस्तै कोषमा अनिवार्य जम्मा गर्नु पर्ने रकम, भाषा परिक्षण शुल्क, कम्पनी नविकरण शुल्क लगायतका विभिन्न भुक्तानीहरु पनि अनलाईन मार्फत भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ ।