रोजगारीका लागि विदेश जाने बाटो खुल्यो, प्रकृया पुर्याएर श्रम स्वीकृति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 22, 2020 | 12:19:15 AM मा प्रकाशित

सरकारले बिदामा फर्केका तथा नयाँका लागि प्रकृया पुर्याएर बैदेशिक रोजगारीमा पठाउने भएको छ। सरकारले बैदेशिक रोजगारीमा जानेका लागि श्रम स्वीकृति दिने अख्तियारी दिएकाले प्रकृया मिलाएर श्रम स्वीकृति दिने काम अगाडी बढाउने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। 

रोजगारदाता कम्पनी तथा गन्तब्य मुलुकले स्वीकृत गरेकालाई श्रम स्वीकृति दिएर सम्बन्धित देशमा रोजगारीका लागि पठाउने प्रकृया अगाडी बढेको मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले बिजपाटीलाई बताएका छन्। 

'विदामा नेपाल फर्किएका र नयाँ रोजगारीमा जानेहरुलाई श्रम स्वीकृति दिने प्रकृया आइतबारदेखि सुरु भएको छ'  मन्त्रालयका प्रवक्ता घिमिरेले भने, 'बिदामा नेपाल आएकाहरुले भिषा अवधि बाँकी भएर पनि श्रम स्वीकृति नपाएको अवस्था थियो, शुक्रबारको निर्णयले अब श्रम स्वीकृति पाउने बाटो खोलिदिएको छ’ ।  

उनकाअनुसार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले शुक्रबार मात्रै श्रम स्वकिृति दिन सक्ने अख्तियारी प्रदान गरेकाले प्रकृयागत बिषयमा छलफल अगाडी बढेको र त्यहिअनुसार गन्तब्य मुलुकमा रोजगारीका लागि पठाइने प्रवक्ता घिमिरेले बताए। 

नयाँ कामदारको हकमा भने सम्बन्धित रोजगारदाता मूलुकले लिन्छु भनेपछि सबै प्रक्रिया सकेर मात्रै श्रम स्वीकृति दिईने प्रवक्ता घिमिरेले बताए । उनकाअनुसार   मन्त्रालयले ‘गाइडलाईन’ बनाएर वैदेशिक रोजगार विभागमा पठाएपछि सोही अनुसार काम हुने छ । मन्त्रालयले केही दिनमै गाइडलाइनन तयार पर्ने गरी काम गरिरहेको छ। अन्तराष्ट्रिय व्यवसायीक हवाइ उडान स्थगित रहेका कारण चार्टड गरेरै नेपाली कामदार पठाउने मोटामोटी निश्कर्ष निकालिएको मन्त्रालयको भनाई छ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले गत फागुन २९ गतेदेखि वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति स्थगनको निर्देशन दिएको थियो । उक्त निर्देशनपछि विभागले गत फागुन ३० देखि वैदेशिक रोजगारीमा जाने र विदामा नेपाल आएका तथा नयाँ प्रकारका श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगन गरेको थियो । २ लाखको हाराहारी मागपत्र रहेका र २१ हजार श्रम स्वीकृति लिएर जान नपाएको अवस्था रहेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघले जनाएको छ। 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved