विदेश जान श्रम स्वीकृति लिनेको संख्या ह्वात्तै बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 19, 2020 | 06:12:22 PM मा प्रकाशित

laxmi  sunrise bank

वैदेशिक रोजगारीका लागि विदेश जान श्रम स्वीकृति लिनेको संख्या ह्वात्तै बढेको छ  । नयाँ आर्थिक वर्ष भएपछिको ३ दिनमा मात्र साढे चार सय बढीले श्रम स्वीकृति लिएका छन् । 

वैदेशिक रोजगार विभागका अनुसार साउन १ गतेदेखि आजसम्म ३० देशका लागि चार सय ७९ जनाले श्रम स्वीकृति लिएका हुन् । जसमा २५ महिला र ४५४ पुरुष रहेका छन् ।  विभागको ताहचल कार्यालयका प्रमुख उमेश बस्नेतका अनुसार बन्दाबन्दीका कारण रोकिएको श्रम स्वीकृति दिने कार्य पुनः खुल्ला भएपछि स्वीकृति लिनेको संख्यामा बृद्धि भएको हो । 

प्रमुख बस्नेतका अुनसार हाल दैनिक एक सय जना भन्दा बढीले श्रम स्वीकृति लिएका छन् । ‘कुनै दिनमा श्रम स्वीकृति गर्ने ४ सय सम्म पुगेको छन्, स्वीकृति  गरेर समेत नियमित उडान नहुदा गन्तव्यतिर जान पाएका छैनन् भने केही चार्डर उडानमा समेत गएका छन्', उनले भने । 

बन्दाबन्दीको समयमा छुट्टिमा नेपाल आएका र भिजा लागेका तर उडान नहुदा रोकिएका नेपालीलाई ध्यानमा राख्दै असार १५ गते बसेको मन्त्रिपरिषद्को बैठकले कोभिड–१९ परिक्षण र स्वास्थ्य सम्बन्धि प्रोटोकलको पालाना गर्ने गरि वैदेशिक रोजगारीमा जान दिने निर्णय गरेको थियो । सरकारको निर्णय अनुसार वैदेशिक रोजगार विभागले गत असार १८ गतेदेखि पुनः श्रम स्वीकृति दिन थालेको हो । 

गत असार १८ गतेदेखि आईतबारसम्म तीन हजार २ सय ७५ जनाले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागका अनुसार ३० देशका लागि २८१ महिला र २ हजार ९९४ पुरुषले स्वीकृति लिएका छन् । 

३१ हजार स्वदेश फर्किए 

गत जेठ २३ गतेदेखि सुरु गरिएको उद्धार उडान मार्फत शनिबारसम्म ३१ हजार नेपाली स्वदेश फर्किएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको तथ्यांकानुसार हालसम्म २५ देशवाट एक सय ९९ उडान मार्फत तीस हजार ९४० नेपाली स्वदेश फर्किएका छन् । फर्कनेमा सबैभन्दा धेरै यूएईबाट रहेका छन्  । 

जसमध्ये २३ हजार ५४ आफ्नै  प्रदेशमा गएको, एक हजार १ सय ११ होटेलका क्यारेन्टीनमा बसेको, ३ हजार ४ सय २८ होम क्यारेन्टीनमा बसेका छन् । यसैगरी ३ हजार २८४ लोकल क्यारेन्टीनमा, ५३ अस्पतालमा र १० जना अन्य स्थानमा रहेको जनाइएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved