श्रम स्वीकृति खुला गर्ने सरकारको निर्णय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 30, 2020 | 10:06:01 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले नेपाली कामदार पठाउन श्रम सम्झौता गरिएका मुलुकहरूका लागि श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले रोजगार खुला गरेका गन्तव्य मुलुकको हकमा श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको हो । 

मन्त्रिपरिषद् बैठकले भदौ १६ गतेदेखि सुरु गर्न लागेको नियमित हवाइ उडानको संख्या थप्ने निर्णय पनि गरेको छ । दैनिक पाँच सयभन्दा बढी नागरिक नल्याउने गरी हवाइ उडान खुला गर्ने निर्णय गरेको सरकारले उडान संख्या थप गर्ने निर्णय गरेसँगै अब ५ सयभन्दा बढी यात्रु नेपाल आउन पाउने भएका छन् । यसबारे पर्यटन मन्त्रालयले आवश्यक कार्ययोजना बनाउने छ । 



:  मजदूरलाई कोरोना भन्दा भोकको डर ( स्थलगत रिपोर्ट )


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved