कतारले क्वारेन्टिन र पीसीआर परीक्षणको नियम हटायो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 25, 2022 | 02:36:42 PM मा प्रकाशित

laxmi  sunrise bank

कतारले आफ्नो देशमा प्रवेश गर्ने यात्रुहरुका लागि क्वारेन्टिन र पीसीआर परीक्षणको नियम हटाएको छ । कतारको स्वास्थ्य मन्त्रालयले क्वरेन्टिन र पीसीआर परीक्षणको अनिवार्य नियम हटाएको हो । 

अब फेब्रुअरी २८ देखि कतार यात्रा गर्ने यात्रुहरूले क्वारेन्टिन बस्नुपर्ने छैन भने पीसीआर परीक्षण पनि गराउनुपर्ने छैन । अब पूरा खोपको मात्रा लगाए पुग्नेछ । 

कतार सरकारको नयाँ नियम रातो र हरियो सूचीमा भएका दुवै देशबाट यात्रा गर्ने यात्रुहरूका लागि लागू हुने जनाएको छ । कतारले नेपाल, बङ्गलादेश, भारत, इजिप्ट, जर्जिया, जोर्डन, पाकिस्तान, फिलिपिन्स र श्रीलंकालाई रातो सूचीमा राखेको छ ।

रातो सूचीमा रहेका देशबाट यात्रा गर्ने कतारी तथा देशका नागरिकले खोपको मात्रा पूरा लगाएका छन् वा कोरोना संक्रमण भएर निको भएका छन् भने कतार पुगेपछि क्वरेन्टिन बस्नुपर्ने छैन । यदि खोपको मात्र पूरा लगाएको छैन भने ५ दिन होम क्वारेन्टिनमा बस्नुपर्नेछ । उनीहरूले यात्रु गर्नुअसघ पीसीआर परीक्षण अनिवार्य गरेको हुनुपर्नेछ । 

कोरोनाको खोप लगाएकाहरूले पनि कतार पुगेको २४ घण्टाभित्र र्यापीड एन्टिजेन परीक्षण भने गर्नुपर्नेछ । खोप नलगाएकाहरुले कतार पुगेको पहिलो दिन पीसीआर परीक्षण र पाँचौ दिन र्यापीड परीक्षण गर्न पर्नेछ ।

कतारमा भिजिटमा जानेहरूले भने खोपको पूरै मात्रा पूरा लगाएको भएपनि १ दिन होटल क्वरेन्टिनमा बस्नुपर्नेछ । खोप नलगाएकाहरुलाई भिजिटमा कतारले प्रवेश दिने छैन । 

खाडीका देशका नागरिक भने ५ दिन क्वरेन्टिन बस्ने सर्तमा मात्रै कतार छिर्न पाउने छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved