विमानस्थलमा झन्झट झेल्दै विदेश जान लागेका नेपाली कामदार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 13, 2023 | 04:35:39 PM मा प्रकाशित

laxmi  sunrise bank

श्रम स्वीकृति लिएर विदेश जान लागेका भनिएका नेपाली नागरिकहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा झन्झट बेहोरिरहेका छन् । पछिल्लो हप्तामा यसरी विदेश जान लागेका झण्डै २०० मजदुरहरु त्यसतर्फ जान नपाइ रोकिएका छन् । 

रोजगारीको आशमा यसरी उड्नै लागेका बेला प्रस्थान गर्न नपाउनुले गम्भिर सवाल उठेको छ । अध्यागमन विभागले शुरुमै गरिने कागजी प्रक्रियामा नक्कली काम भएको भए पक्राउ गरी कारबाही गर्नुपर्नेमा त्यो पनि नगरेको र आवश्यक निर्णय पनि दिन नसक्दा ति मजदुरहरु अन्यौलमा परेका छन् ।

अध्यागमन विभागका अधिकारीहरु कागजातहरु शङ्कास्पद देखिएकाले उनीहरुलाई प्रस्तान अनुमति नदिएको बताउँछन् । यो एक हप्तामै १७१ जना त्यसरी विदेश जानबाट रोकिएका छन् । २५ गते यता मात्रै १५६ जना रोकिएका छन् । असार २५ मा ३७, असार २७ मा  १०१ र आज १८ जना यसरी विदेश जानबाट रोकिए ।

विभागका अनुसार भिसा परीक्षण गर्दा केहीका ‘वेटिङ फर एप्रुभ’ भनेको भेटिएको छ । केहीको दुतावासबाट श्रम स्वीकृतिको डकुमेन्ट प्राप्त नभएको भेटिएको छ । केहीले भने एउटा देशमा जाने भनेर कागजात बुझाएका तर भिसा भने अर्काेको लागेको पाइएको छ । यस्तो अबस्था देखिएकाले प्रस्थान अनुमति दिन नसकिएको ती अधिकारीहरु बताउँछन् ।

उनीहरुले कुवेतलगायत विभिन्न मुलुकमा जाने भनेर श्रम स्वीकृति लिएका बताइन्छ । उक्त विषयमा वैदेशिक रोजगार व्यवसायी संघले दुख दिने काम गरेको भन्दै विरोध जनाएको छ । उनीहरु इन्डेक्स म्यानपावर, युथ म्यानपावर, निलकलम एचआर, सुलभ म्यानपावरलगायत मार्फत प्रक्रिया गरेर जान लागेका थिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved