श्रमिकको न्युनतम पारिश्रमिक १७ हजार ३ सय तोकियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 17, 2023 | 08:51:12 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले २०८० साउन १ गते देखि लागू हुने गरी न्यूनतम पारिश्रमिक निर्धारण गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चिया बगान बाहेकका श्रमिक र चिया बगानका श्रमिकका लागि छुट्टाछुट्टै न्यूनतम पारिश्रमिक निर्धारण गरेको हो 

श्रम ऐन, २०७४ को दफा १०६ बमोजिम न्यूनतम पारिश्रमिक निर्धारण गरेको मन्त्रालयले जनाएको छ । जस अनुसार अब चिया बगान बाहेकक श्रमिकको न्युनतम पारिश्रमिक १७ हजार ३ सय कायम गरिएको छ । 

हेर्नुस् पारिश्रमिक :


उपर्युक्त पारिश्रमिकको अतिरिक्त श्रम ऐन, २०७४, योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ र प्रचलित कानून बमोजिम श्रम सम्झौता/नियुक्तिपत्र, श्रमिकले पाउने सञ्चयकोष र उपदान लगायतका सुविधाहरु अनिवार्य रुपमा हुनु पर्ने मन्त्रालयले जनाएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १३ बमोजिम स्थानीय तह वा नेपाल कानून बमोजिम अन्य निकायलाई न्यूनतम पारिश्रमिक निर्धारण गर्न अधिकार प्रदान गरिएकोमा त्यस्तो तह वा निकायले पारिश्रमिक निर्धारण गर्दा यो सूचनामा तोकिएभन्दा कम नहुने गरी निर्धारण गर्नु पर्ने मन्त्रालयले उल्लेख गरेको छ।

उल्लिखित न्यूनतम पारिश्रमिक भन्दा कम पारिश्रमिक लिने दिने गरी कसैले पनि कुनै रोजगार सम्झौता गर्न नपाइने मन्त्रालयले प्रष्ट पारेको छ । माथिको न्यूनतम पारिश्रमिक श्रम ऐन, २०७४ को दफा २८ बमोजिमको कानूनी व्यवस्थालाई समेत आधार बनाई लागू गरिएको मन्त्रालयले जनाएको छ। न्यूनतम पारिश्रमिक दिने सन्दर्भमा केही प्रावधानहरु फरक भएको अवस्थामा समेत यही न्यूनतम पारिश्रमिकलाई आधार बनाई समायोजन गर्न सकिने मन्त्रालयले उल्लेख गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved