मालेसियाको निजी कम्पनीसँग भएको सम्झौता कार्यान्वयन नगर्न प्रधानमन्त्रीको निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 09, 2024 | 02:55:28 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैदेशिक रोजगार बोर्डले मलेसियाको एक निजी कम्पनीसँग गरेको सम्झौता कार्यान्वयन नगर्न निर्देशन दिएका छन् । मंगलबार प्रधानमन्त्री प्रचण्डले श्रम, रोजगार तथा सामाजिक सूरक्षा मन्त्री शरदसिंह भण्डारी र सचिव केवल भण्डारीसँग छलफल गरेका थिए। 

सो छफलफलमा प्रधानमन्त्री दाहालले उक्त सम्झौता हाल कार्यान्वयन नगर्ने व्यवस्था मिलाई जानकारी गराउन मन्त्री भण्डारीलाई निर्देशन दिएका हुन् ।  

नेपाली श्रमिकको कल्याणकारी कामका लागि भन्दै मलेसियन रोजगारदातासँग प्रतिकामदार ४५ डलर उठाउने गरी बोर्डले निजी लगानीको मलेसियन कम्पनी 'फरेन वर्कार वेलफेर म्यानेजमेन्ट सेन्टर (एफडब्लुडब्लुएमसी)' सँग सम्झौता गरेको थियो। बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेती र सेन्टरका महानिर्देशक तानासिलिन दिन्रेनगानबीच मंसिर २० गते सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौता पुस १६ (जनवरी १) देखि कार्यान्वयनमा आउने गरी ५ वर्षका लागि गरिएको हो ।

उक्त सम्झौताको चौतर्फी विरोध भइरहेको छ । म्यानपावर कम्पनीहरुको छाता संगठन नेपाल वैदेशिक रोजगार व्यवसायी संघले पनि उक्त सम्झौता गैरकानुनी र श्रमिकलाई थाप आर्थिक भार पर्ने भन्दै खारेज गर्न माग गरेको थियो । सोमबार मात्र संघले पत्रकार सम्मेलन नै गरेको उक्त सम्झौतामा बिचौलियाहरुको साँठगाँठ र प्रभावमा परेर बोर्डका कार्यकारी निर्देशक उप्रेतिले महस्ताक्षर गरेको आरोप व्यवसायीहरुले लगाएका थिए ।  

यस्तै व्यवसायीले उक्त सम्झौता लागु भएमा आफुहरु आन्दोलनमा जाने चेतावनी समेत दिएका थिए ।

यस अघि:

मलेसियन कम्पनीसँगको सम्झौताविरुद्द उभिए व्यवसायी, 'कामदारमारा सम्झौता' खारेज गर्न माग

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved