कहिले हुन्छ कोरियन भाषा परीक्षा ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 07, 2024 | 01:42:10 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरियन भाषा परीक्षाको मिति तय हुन अझै केहि दिन लाग्ने भएको छ। ईपीएस कोरिया शाखाले ईपीएस भाषा परीक्षाको मिति तय हुन अझै समय लाग्ने स्पष्ट पारेको छ।

शाखाले उत्पादनमूलक क्षेत्र तर्फको भाषा परीक्षाको सूचना माघ २२ गते प्रकाशित गर्ने जनाएको थियो।  तर, प्राविधिक कारणले परीक्षाबारे विस्तृत विवरण सार्वजनिक गर्न कहि समय लाग्ने जनाएको हो ।

शाखाले सूचनामा भनेको छ 'यस शाखाबाट उत्पादनमूलक क्षेत्र (Manufacturing Sector) तर्फको कोरियन भाषा परीक्षा फाराम भर्ने सम्बन्धी मिति २०८०।०८।१९ गते प्रकाशन भएको सूचनामा परीक्षा मिति सम्बन्धी विस्तृत विवरण मिति २०८० माघ २२ गते सोमवार ( तदनुसार सन 2024 Feb 05 तारिख) मा प्रकाशित हुनेछ भनी उल्लेख गरिएकोमा प्राविधिक कारणले गर्दा उक्त मितिमा प्रकाशित हुन नसकेको र सो सम्बन्धी सूचना केही दिन भित्रै प्रकाशित गरिने व्यहोरा अनुरोध गरिन्छ ।'

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved