आईपिओमा अशन्तुष्टी जनाउदै सान्जेन जलविद्युत कम्पनीमा तोडफोड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 14, 2022 | 05:31:17 PM मा प्रकाशित

laxmi  sunrise bank

आईपिओमा अशंतुष्टि जनाउदै सान्जेन जलविद्युत कम्पनी आयोजनाका आयोजना प्रभावितले सान्जेन जलविद्युतको कार्यलयमा तोडफोड गरेका छन् । आज आइतबार  स्थानीयहरुले साइट अफिस, सवारी साधन लगायतमा तोडफोड गरेका हुन् । 

गत्लाङका स्थानीयले तोडफोड तथा आगजनी गरेको कम्पनीले जनाएको छ ।  उनीहरुले आईपिओ निष्काशन गर्दा गत्लाङका स्थानीयलाई अतिप्रभावितको सुचीमा राख्न माग गर्दै कार्यालय तोडफोड गरेका हुन् । हाल उनीहरुलाई सामान्य प्रभावितमा राखिएको छ । 

कम्पनीले स्थानीयलाई भदौ ५ गतेदेखि आईपिओ निष्काशन गर्ने तयारी गरेको छ ।  कम्पनीले आयोजना प्रभावितलाई ३६ करोड ५० लाख बराबरको ३६ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो  ।

 रसुवा जिल्लाको आयोजना प्रभावित क्षेत्र अति प्रभावित आमाछोदीडमो गाउँपालिका वडा नं. ५ चिलिमे (साविक चिलिमे गा.वि.स.), प्रभावित वर्ग आयोजनाले निर्माण गर्ने प्रशारण लाइनबाट प्रभावित हुने आमाछादिडमो गाउँपालिका वडा नं. ४ गोल्जुङ (साविक गोल्जुङ गा.वि.स.) , सामान्य प्रभावित आमाछोदिङमो गाउँपालिकाका अन्य वडाहरु:-१.२.३ (साविक गत्लाङ गा.वि.स. र हाक गा.वि.स.) तथा न्यून प्रभावित बाँकी सम्पूर्ण जिल्लाबासीहरुले यस आईपिओमा आवेदन दिन सक्ने छन् ।  शेयर बाँडफांड गर्दा अति प्रभावित, प्रभावित, सामान्य प्रभावित र अन्य जिल्लावासीलाई क्रमशः ४.३५ : ३ : १.५ : १ को अनुपातमा शेयर बाँडफाँड गरिने कम्पनीले जनाएको छ।

आईपिओमा आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ७ सय कित्तासम्मको लागि दिन अकिने छ । आईपिओमा छिटोमा भदौ १९ गतेसम्म र सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा ढिलोमा असोज ४ गतेसम्म आवेदन दिन सकिने छ । शेयर निष्काशनको लागि नागरिक लगानी कोष बिक्रि प्रबन्धक रहेको छ भने सनराइज र एनएमबी क्यापिटल सह बिक्रि प्रबन्धक रहेका छन् ।

कम्पनीले यस अघि नै सर्वसाधारणलाई आईपिओ निष्काशन गरिसकेको छ । तर आयोजना प्रभावित स्थानीयलाई भने शेयर निष्काशन गरिएको थियो ।  सान्जेनले  ४२.५ मेगावाटको सान्जेन र १४.८ मेगावाटको माथिल्लो सान्जेन जलविद्युत आयोजनाको निर्माण गरिरहेको  छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved