अपर तामाकोशी साधारणसभा सम्पन्न, सर्वसाधारण शेयरधनीबाट को को बने संचालक ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 19, 2022 | 08:58:10 PM मा प्रकाशित

laxmi  sunrise bank

अपर तामाकोशी हाईड्रोपावर लिमिटेडको साधारणसभा सम्पन्न भएको छ । कम्पनीले आज शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानमा सभा सम्पन्न गरेको हो  । 

साधारणसभाले सर्वसाधारण समुहबाट ४ जना संचालन निर्वाचित गरेको छ।  सभाले एक महिला सहित ४ जना संचालन निर्वाचित गरेको हो। कम्पनीको संचालक निर्वाचित हुनेमा हरि प्रसाद भुर्तेल , राजन श्रेष्ठ,  दिपक कार्की र सिर्जना सुवेदी रहेका छन्  ।  सिर्जना सुवेदी महिलातर्फबाट निर्विरोध संचालक निर्वाचित भएकी हुन्  । 

 ४ जना संचालकको लागि ७ जना उम्मेदवार थिए।  संचालकको लागि उम्मेदवारी दिनेमा हरि प्रसाद भुर्तेल , राजन श्रेष्ठ,  दिपक कार्की, सिर्जना सुवेदी उमेश घिमिरे, कृष्ण प्रसाद अधिकारी र रामेश्वर पौडेल थिए।

त्यस्तै सभाले शतप्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको संचालक समितिको असार ३० गते बसेको बैठकले हाल कायम चुक्ता पुँजीको १:१ को अनुपातमा शतप्रतिशत हकप्रद निष्काशन गर्ने निर्णय गरेको थियो ।

त्यस्तै सभाले कम्पनीको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, र लेखापरीक्षणको प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान हिसाव र नगद प्रवाह सहितको आर्थिक विवरण पारित गरेको छ  ।

सभाले प्रबन्धपत्रमा प्रस्तावित संशोधनहरूमा नियमन निकायहरूको निर्देशनमा परिमार्जन, हेरफेर तथा थपघट गर्न आवश्यक हुने भएमा सो अनुसार गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ। त्यस्तै आयोजना प्रभावित दोलखा जिल्ला स्थित विभिन्न सामाजिक संस्थाहरु लगायत अन्य संस्थाहरुलाई सञ्चालक समितिको विभिन्न मितिको निर्णयानुसार आ.व.२०७७/७८ मा उपलब्ध गराइएको आर्थिक सहयोग रकम अनुमोदन गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved