सान्जेनले भन्यो '६ महिनाभित्र उत्पादन शुरु भई प्रतिफल दिन सकिने अवस्था छ, आईपिओमा अवरोध नगर्नु'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 21, 2022 | 08:52:06 AM मा प्रकाशित

laxmi  sunrise bank

सान्जेन जलविद्युत कम्पनीले स्थानीयलाई निष्काशन गरिने आईपिओ अवरोध भए कम्पनीले निर्माण गरिरहेको आयोजना सम्पन्न गर्न नसकिने जनाएको छ । आईपिओ निष्काशनको लागि निर्धारण गरीएको क्षेत्रहरुमा अशन्तुष्टी जनाउदै स्थानीयले कम्पनीमा  तोडफोड गरेपछि कम्पनीले अवरोध भए कम्पनीले निर्माण गरिरहेको आयोजना सम्पन्न गर्न नसकिने जनाएको हो।

कम्पनीले क्षेत्र र वर्ग निर्धारणको काम जिल्ला समन्वय समिति, राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, स्थानीय सरोकार वाला र समबन्धित सबैले सर्वापक्षित छलफल गरेर नै टुंगो लगाएकोले सोहि अनुसार अगाडी बढ्न सबैलाई आग्रह गरेको छ । कम्पनीले हाल निर्माण गरिरहेको आयोजनाहरूको निर्माणका कार्यहरू अन्तिम चरणमा रहेको र ६ महिना भित्र सान्जेन (माथिल्लो) जलविद्युत आयोजनाबाट उत्पादन शुरु भई शेयरधनीहरूलाई प्रतिफल दिन सकिने अवस्थामा रहेको जनाएको छ ।

उल्लेखित १०% शेयर तत्काल निष्कासन गरी रकम संकलन गर्न नसकिएमा कम्पनीलाई वित्तीय समस्या पर्न गई आयोजनाका बाँकी कार्य सम्पन्न गर्न नसकिने अवस्था रहेको कम्पनीले उल्लेख गरेको हो। कम्पनीले बिगतमा भएका सर्वपक्षीय सहमति कै आधारमा कायम भएको अनुपात उल्लेख गरी सम्बन्धित निकायबाट विवरण पत्र स्वीकृत गराई आव्हान-पत्र समेत प्रकाशित भईसकेको अवस्थामा प्रकाशित आव्हान-पत्र बमोजिम निष्कासन तथा बिक्री वितरण हुने शेयरमा सहभागी भई लाभान्वित हुन कम्पनीले सम्पूर्ण जिल्लावासीहरूमा अनुरोध गरेको छ।

यस्तो छ कम्पनीको आग्रह : 

यस सान्जेन जलविद्युत कम्पनी लिमिटेड मार्फत निर्माणाधिन सान्जेन (माथिल्लो) तथा सान्जेन जलविद्युत आयोजना प्रभावित रसुवा जिल्लाका स्थानीयहरूको लागि छुट्टाइएको कुल पूँजी संरचना मध्येको १०% शेयर निष्कासन तथा बिक्री वितरणको अनुपातका सम्बन्धमा मिति २०७६ माघ २९ गते श्री जिल्ला समन्वय समितिको कार्यालय, रसुवामा जिल्लाका विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू, जनप्रतिनिधिहरू, स्थानीय सरोकारवालाहरू समेतको उपस्थितिमा भएको सामुहिक छलफल तथा सहमतिमा शेयर बाँडफाँडको अनुपात निर्धारण भएको व्यहोरा सबै सरोकारवालाहरूलाई अवगत नै छ । मिति २०७९/०३/२१ गते जिल्ला समन्वय समिति, रसुवाबाट आयोजना प्रभावित क्षेत्रको पुर्नवर्गिकरण गर्ने प्रयोजनका लागि कम्पनी मार्फत नेपाल धितोपत्र बोर्डलाई अनुरोध गर्ने भन्नेसम्मको व्यहोरा प्राप्त भएता पनि मिति २०७६ माघ २९ गते सम्पन्न सर्वपक्षीय बैठकबाट सहमति भएको आयोजना प्रभावित क्षेत्रको वर्गिकरण तथा शेयर बाँडफाँडको अनुपात परिवर्तन हुने सम्बन्धमा स्पष्ट कुनै पनि निर्णय कम्पनीलाई प्राप्त नभएको साथै धितोपत्र बोर्डबाट यस सम्बन्धमा कुनै निर्देशन प्राप्त नभएको व्यहोरा जानकारीका लागि अनुरोध गर्दछौं ।

शेयर बाँडफाँडको निर्धारित अनुपात समेत उल्लेख गरी मिति २०७९/०४/२४ मा यस कम्पनी मार्फत शेयर निश्कासन सम्बन्धी सूचना प्रकाशन भईसकेको छ । कम्पनीका पदाधिकारीहरूले स्थानीय वासिन्दाका जायज मागलाई सुनुवाइ गरी केही समय ढिला आव्हान-पत्र प्रकाशन गरिएको र स्थानीयसँग हदैसम्मको संयमता अपनाउँदा अपनाउँदै उक्त सूचनामा उल्लेखित अनपात उपर आफनो असन्तुष्टि देखाउँदै केही स्थानीयवासीहरूबाट आयोजनाको साइट कार्यालयमा रहेका विभिन्न फर्निचर, कम्प्यूटर, प्रिन्टर, टेवुल, कुर्ची, सवारी साधन, हेवी ईक्युपमेन्ट, पेट्रोल पम्प, आवास क्षेत्र आदिमा तोडफोड गर्ने, सुरक्षाकर्मी तथा कर्मचारीहरूलाई आक्रमण गर्ने लगायतका अराजक क्रियाकलाप हुन गई कम्पनीलाई ठुलो आर्थिक क्षति हुन पुगेको छ । लाखौ नेपाली जनताहरूको शेयर लगानी रहेको यस पब्लिक कम्पनीको सम्पत्ति नोक्सान गर्ने, नेपाल सरकारको तर्फबाट सुरक्षार्थ खटिएका सुरक्षाकर्मी तथा आयोजनाका कर्मचारीमाथि हातपात गर्ने लगायतका कार्यहरू निन्दनीय छन् र यस्ता अमर्यादित कार्यहरू प्रति हामी खेद प्रकट गर्दछौ।

कम्पनीले सर्वसाधारण समूह अन्तर्गत आयोजना प्रभावित जिल्लावासीहरूलाई छुट्टाइएको शेयर निष्कासनको लागि नेपाल धितोपत्र बोर्डको प्रचलित कानून अनुसार मिति २०७९/०३/०९ मा स्वीकृति प्राप्त गरी शेयर निष्कासनको प्रक्रिया अघि बढाइएको जानकारी गराउँदछौ । कम्पनीको पूँजी संरचना अन्तर्गतको ९०% शेयर आयोजनाहरूमा लगानी भईसकेको र बाँकी १०% शेयर पूँजी वापतको रकम संकलन गरी आयोजनामा लगानी गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको छ । कम्पनीले हाल निर्माण गरिरहेको आयोजनाहरूको निर्माणका कार्यहरू अन्तिम चरणमा रहेको र ६ महिना भित्र सान्जेन (माथिल्लो) जलविद्युत आयोजनाबाट उत्पादन शुरु भई शेयरधनीहरूलाई प्रतिफल दिन सकिने अवस्थामा रहेको छ ।

उल्लेखित १०% शेयर तत्काल निष्कासन गरी रकम संकलन गर्न नसकिएमा कम्पनीलाई वित्तीय समस्या पर्न गई आयोजनाका बाँकी कार्य सम्पन्न गर्न नसकिने अवस्था रहेको छ। कम्पनीले बिगतमा भएका सर्वपक्षीय सहमति कै आधारमा कायम भएको अनुपात उल्लेख गरी सम्बन्धित निकायबाट विवरण पत्र स्वीकृत गराई आव्हान-पत्र समेत प्रकाशित भईसकेको अवस्थामा प्रकाशित आव्हान-पत्र बमोजिम निष्कासन तथा बिक्री वितरण हुने शेयरमा सहभागी भई लाभान्वित हुन सम्पूर्ण जिल्लावासीहरूमा अनुरोध गर्दछौ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved