चिलिमे हाइड्रोपावरद्वारा २ वटा आयोजना बनाउन लगानी बोर्डमा प्रस्ताव, ३६ अर्ब लागत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 14, 2022 | 06:17:55 PM मा प्रकाशित

laxmi  sunrise bank

चिलिमे हाइड्रोपावर कम्पनीले २ वटा हाइड्रोमा लगानी गर्नको लागि लगानी बोर्डमा प्रस्ताव पेश गरेको छ । चिलिमेले सेती नदी–३ (एसआर–३) र बूढीगण्डकी प्रोक जलविद्युत परियोजनामा लगानी गर्न लगानी बोर्ड समक्ष प्रस्ताव पेश गरेको हो ।

आज चिलिमेका प्रमुख कार्यकारी अधिकृत सुबाष कुमार मिश्रले आज लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टलाई सेती नदी–३ (एसआर–३) र बूढीगण्डकी प्रोक जलविद्युत परियोजनामा लगानी गर्नको लागि प्रस्ताव पेश गरेका हुन् । 

एसआर–३ सेमी स्टोरेज अर्थात् अर्ध-जलाशययुक्त आयोजन  हो । बझाङमा अवस्थित यस आयोजनाको कुल लागत १९ अर्ब ६६ करोड अनुमान गरिएको छ । यो ८७ मेगावाटको आयोजना हो ।  त्यस्तै  बूढीगण्डकी प्रोक जलविद्युत परियोजना रन अफ द रिभर अर्थात्   नदी प्रवाहमा आधारित योजना हो। गोरखामा अवस्थित यस आयोजनाको कुल लागत १६ अर्ब ४५ करोड अनुमान गरिएको छ । यो ८१ मेगावाट क्षमाताको आयोजना हो ।

चिलिमेको २२.१ मेगावाटको चिलिमे जलविद्युत परियोजना सञ्चालनमा रहेको छ र सो कम्पनीको अगुवाइमा विभिन्न कम्पनीहरूमार्फत् अतिरिक्त १०२ मेगावाटको मध्य भोटेकोसी, ४२.५ मेगावाटको सान्जेन र १४.८ मेगावटको (माथिल्लो) सान्जेन र १११ मेगावाटको रसुवागढी जलविद्युत परियोजनाहरू निर्माणाधीन रहेका छन्।

सेती करिडोरका जलविद्युत परियोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण ग्रीडमा जोड्नका लागि भारत सरकारको लाइन अफ क्रेडिट सुविधामा चैनपुर–वनलेक–न्यूअत्तरिया ४०० केभी क्षमताको १५० किमि प्रसारण लाइन राष्ट्रिय प्रसारण ग्रीड कम्पनीमार्फत् कार्यान्वयन हुँदै छ। परियोजनाको विद्युत गृहदेखि चैनपुरसम्म जोड्ने १६ किमि प्रसारणलाइन परियोजना आफैंले निर्माण गर्नेछ। त्यस्तै, बुढीगण्डकी प्रोक विद्युत गृहदेखि नजिकको सबस्टेशनसम्म प्रसारणलाइन परियोजना आफैंले निर्माण गर्ने बोर्डले जनाएको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved