लक्ष्मी पूजाका दिन नेपालीले कति बिजुली बाले ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 24, 2022 | 08:52:57 PM मा प्रकाशित

laxmi  sunrise bank

तिहारको लक्ष्मी पूजाका दिन बेलुका १ हजार ३०५ मेगावाट बिजुली खपत भएको छ । 

नेपाल विद्युत् प्राधिकरणका अनुसार सोमबार (आज) साँझ ६ः१० बजे विद्युत प्रणालीमा भएको १ हजार ३०५ मेगावाट बिजुली पिक लोड (उच्चतम खपत) भएको हो ।

सो समयमा नेपालबाट भारतमा ३८० मेगावाट बिजुली निर्यात भएको छ । 

गत वर्षको लक्ष्मी पूजाका दिन नेपालमा बिजुलीको उच्चतम खपत १ हजार २ सय मेगावाट थियो । यसवर्ष स्वदेशमा १०५ मेगावाट खपत भएको हो ।

गत वर्षभन्दा यसपाली विद्युत् खपत २३ प्रतिशतले बढेको प्राधिकरणले जनाएको छ । यसमा भारतमा निर्यात भएको ३८० मेगावाट पनि जोडिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved