माथिल्लो तामाकोशीबाट बिजुली उत्पादन बन्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 25, 2022 | 06:17:28 PM मा प्रकाशित

laxmi  sunrise bank

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट १० दिनका लागि उत्पादन बन्द भएको छ । 

उत्पादन रोकेर संरचनाहरूको नियमित निरीक्षण गर्न नेपाल विद्युत् प्राधिकरणले दोलखाको विगु गाउँपालिका–१, लामाबगरस्थित ४५६ मेगावाटको तामाकोशी जलविद्युत् आयोजनाको जलविद्युत् केन्द्र (पावर हाउस) बन्द गरेको हो ।

बाँध,  पोखरी र मुख्य सुरुङसहित प्रसारणलाइन र सबस्टेसनको प्राविधिक निरीक्षण गर्न बिजुली उत्पादन बन्द गरिएको हो । 

२४ भदौ २०७८ बाट सबै ६ वटा युनिटहरूबाट ४५६ मेगावाटको बिजुली उत्पादन सुरु भएको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved