विद्युत प्राधिकरणले ६६ वटा हाइड्रोलाई पीपीए गर्न बोलायो, १५ दिनको म्याद

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 16, 2023 | 09:22:37 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल विद्युत प्राधिकरणले नदी प्रवाहमा आधारित (आरओआर) प्रकृतिका जलविद्युत आयोजनालाई विद्युत खरिद बिक्री सम्झौता (पीपीए) गर्न आउँनको लागि सूचना जारी गरेको छ । प्राधिकरणको विद्युत व्यापार विभागले १५ सय मेगावाटको सीमा भित्र रहेका र रोल क्रम अनुसार कनेक्सन अग्रिमेंन्ट सम्पन्न भईसकेका जलविद्युत आयोजनाका प्रबर्दकहरुलाई पीपीए गर्न आउँन आग्रह गरेको हो ।

 प्राधिकरणको सञ्चालक समितिको २०७९।१०।२६ को ९३० औँ बैठकले नेपाल सरकार, मन्त्रिपरिषदको उत्पादन मिश्रण सम्बन्धी मिति २०७९ / ०३ / २४ को निर्णयानुसार जलाशययुक्त आयोजनाको साबिक प्रतिशतलाई १०% ले कम गरी नदी प्रवाहमा आधारित (ROR) जलविद्युत आयोजनाका लागि उक्त प्रतिशत थप गर्दा साबिक ३५% (५,२५० मेगावाट) बाट १०% (१,५०० मेगावाट) सीमा वृद्धि गरी ४५% (६,७५० मेगावाट) नपुगेसम्म विद्युत खरिद बिक्री दर लगायतका सम्पूर्ण प्रावधानहरू यथावत् रहने गरी ग्रिड कनेक्सन एग्रिमेन्टको रोल क्रमका आधारमा ROR जलविद्युत आयोजनाहरूको विद्युत खरिद बिक्री सम्झौतालाई निरन्तरता दिने निर्णय गरेको थियो ।

सोहि अनुसार विभागले उपरोक्त सीमाभित्र रहेका र रोल क्रम अनुसार कनेक्सन एग्रिमेन्ट सम्पन्न भइसकेका ROR जलविद्युत आयोजनाहरूको विद्युत खरिद बिक्री सम्झौताका लागि अद्यावधिक विवरण / कागजातहरू सहित १५ दिनभित्र विभागमा निवेदन साथ सम्पर्क गर्न आउनुहुन सम्बन्धित प्रवर्द्धक कम्पनीहरूलाई सूचित गरेको हो। 

 नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तत्कालको लागि १५ सय मेगावाटको पीपीए खुलाउने निर्णय भएको बिजपाटीलाई बताए। जलविद्युत कम्पनीहरुसँग गरिएको ग्रिड कनेक्सन सम्झौताका आधारमा पीपीए गरिने उनले बताए। सुरुमा पहिलो नम्बरमा ग्रिड कनेक्सन सम्झौता गरेका आयोजनाको पीपीए गर्ने र त्यसपछि क्रमश दोस्रो, तेस्रो नम्बरमा रहेका आयोजनाको पीपीए गरिने उनले प्रष्ट पारे ।  

यस हिसाबमा ग्रिड कनेक्सन सम्झौता गरेका ६६ वटा आयोजनाको पीपीए हुने देखिएको छ । तल दिइएको सूची मध्ये १ देखि ६६ नम्बरमा रहेका आयोजनाको पीपीए हुने देखिन्छ। ६६ औ नम्बरको आयोजनामा पुगेपछि प्राधिकरणले खुलाएको १५ सय मेगावाटको कोटा पुरा हुने छ । 

यस्तो छ कनेक्सन एग्रिमेन्ट सम्झौतामा रहेका आयोजना : 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved